ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

स्वास्थ्य बीमा सुविधामा बिरामीको सास्ती

२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

स्वास्थ्य बिमा गरेका नेपालीहरूले सहज र सुलभरूपमा उपचार पाउने आशा एवं विश्वास राख्नु स्वाभाविक हो । किनभने राज्यले दिएको सुविधाको प्रयोग हरेक नागरिकको अधिकार हो । स्वास्थ्य बिमामा आवद्ध हुन नेपाल सरकारले अहिलेपनि बेला बेलामा सूचना जारी गरिरहेकै छ तर स्वास्थ्य बिमा गरेकाहरूले भने उपचार लिन ठूलै सास्ती पाउनु परेको अवस्था छ । स्वास्थ्य बिमा गरेकाहरूले अहिले उपचार नपाउने अवस्था छ । सरकारले तोकिदिएको अस्पतालमामात्रै सुविधा पाईने भएकोले नागरिक गुणस्तरीय र भरपर्दो सेवाबाट बञ्चित छन । स्वास्थ्य बिमा गराएका विरामीलाई अरू विरामी सरह प्राथमिकता नदिने गरेको पाइएको छ । सरकारी अस्पतालमा त्यसै त विरामीको लामो लाईन हुन्छ, त्यसमाथि स्वास्थ्य बिमा गराएका विरामीमाथि सास्ती दिने गरेको गुनासो बढ्दै गएको छ । स्वास्थ्य बिमा गराएकै कारण जहाँ बिमाको विरामीको उपचार हुन्छ, त्यहाँ जानु विरामीको लागि बाध्यता छ । लुम्बिनी प्रादेशिक अस्पतालकै कुरा गर्दा स्वास्थ्य बिमाका विरामीको भीडकै कारण उपचार गराउन सास्ती खेप्नु परेको छ । नेपालको संविधान २०७२ ले कोहीपनि नेपाली नागरिक उपचार सेवाबाट बञ्चित हुनु नपरोस् भन्ने ग्यारेन्टी गरेको छ । तर, स्वास्थ्य अधिकारको ग्यारेण्टी गरिएको भएपनि नेपाली नागरिक भने स्वास्थ्य अधिकारबाट बञ्चित भएका छन । अपरेशन गर्नुपरे स्वास्थ्य बिमा गराएका विरामीले महिनौ दिन पालो कुरेर बस्नुपर्ने अवस्था छ । राज्यको नीति स्पष्ट नहुँदा र सरकारले बिमाको पैसा समेत भुक्तानीमा आलटाल गर्दा समस्या झनै बढेको छ । राजधानी काठमाण्डौंको अवस्था त गंभीर छ भने देशका दुर्गम क्षेत्रका नागरिकको अवस्था कस्तो होला ? कम्तीमा पनि स्वास्थ्यमा जनताको पहुँच भयो भने त्यसले स्वतः जीवनस्तर माथि उठाउन धेरै सहयोग प्राप्त हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि जुन मुलुकमा स्वास्थ्य निःशुल्क हुन्छ, त्यस देशलाई सुखी र समृद्ध मान्ने गरिएको छ । विश्वका अधिकांश मुलुकमा स्वास्थ्य निशुल्क छ । जसका कारण ती मुलुकमा प्रगति हासिल भएको छ ।

हाम्रो संविधानले पनि नागरिकको स्वास्थ्यप्रतिको प्रतिवद्धता कार्यान्वयन गर्न सरकारलाई अमूक रूपमा आदेश नै गरेको छ । कमसेकम हरेक नेपाली जनतालाई स्वास्थ्यप्रतिको ग्यारेण्टी भयो भने उनीहरूको ध्यान अन्य सकारात्मक कामतर्फ लाग्न सक्छ । त्यसले देशलाई नै मार्गदर्शन गर्न सक्छ । मुलुकमात्र सम्मृद्ध भएर हुँदैन, त्यस देशका नागरिकको पहुँच कति छ भन्ने कुरापनि अति महत्वपूर्ण हुने भएकोले देशको विकासका साथै नागरिकको दायित्वबोधतर्फ सवैको ध्यान जानु जरुरी छ । निश्चितरूपमा स्वास्थ्य क्षेत्रको विकासका लागि र सुधारका विविध आयाममा प्रयास भएका छन, सरकारले पनि प्रयास गरेको छ । अव यसलाई सफलता उन्मुख वनाउने दायित्व हामी सवैको हो भन्ने कर्तव्य पनि बोध गर्नु जरुरी देखिन्छ । स्वास्थ्यमा जनताको पहुँच बढाउने हो भने नेपालीको जीवनस्तरमा पनि परिवर्तन हुनुका साथै मृत्युदरमा पनि कमी आउँछ । जसले नेपालको आर्थिक बृद्धि हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । अव सरकारले स्वास्थ्यमा सहजरूपमा जनताको पहुँच बढाउन प्रयास गर्नु जरुरी छ । सवै नागरिकले विना कुनै समस्या उपचार सेवा पाउनेतर्फ सरकारले ग्यारेन्टी गर्नुपर्दछ । अहिले त स्वास्थ्य बिमा गराउनु भनेको उपचारमा सास्ती पाउनु हो भन्ने बुझाई सुरु भएको छ । बिमा गराएका विरामीले सरकारी अस्पतालमा एकै दिनमा सेवा पाउन नसकिरहेको अवस्था छ । सरकारले स्वास्थ्य बिमाको सुविधा विरामीले चाहेको अस्पतालबाट लिन पाउने व्यवस्था जहिलेसम्म बनाउँदैन तबसम्म स्वास्थ्य बिमाको सास्ती अन्त्य हुने छैन । अर्कोतर्फ स्वास्थ्य बिमा लिने विरामी अधिकांश बृद्धबृद्धा छन तर उनीहरूले यो गर्मीयाममा लामो लाईनमा बसेर उपचार लिनै सक्दैनन् । त्यसमाथि एउटै चिकित्सकले सयौं विरामी हेर्ने हुँदा राम्रो उपचार नपाउने अवस्था छ । सरकार अव स्वास्थ्य बिमा लागू गरेरमात्र हुँदैन, भरपर्दो र सुलभ सेवा दिनेतर्फ पनि ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?