Butwal Today

बुटवल टाईगर्स राउण्ड टेवलद्वारा शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण

२ जेष्ठ २०८१, बुधबार
अ+
अ-

बुटवल, २ जेठ ।

बुटवल टाईगर्स राउण्ड टेबल २८ को आयोजना छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरिएको छ । साईबाबा बिद्यापिठ, देवदह –६, रुपन्देहीमा रहेका विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गर्नुको साथै शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष निरज लाकौलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले बिद्यालय क्लवले गरेको सहयोगप्रति धन्यावाद दिएका थिए । क्लवको सक्रियतामा भौतिक पूर्वाधार लगायतको निर्माण भएको जानकारी दिदै उनले यसको लागि विद्यालय क्लव प्रति सधै नतमस्तक रहेको बताएका थिए ।

“एजुकेट अ चाईल्ड’’ कार्यक्रम अन्तर्गत राउण्ड टेबल नेपालको सहयोगमा छात्रवृत्ति कार्यक्रम आयोजना गरिएको अध्यक्ष लाकौलको भनाई छ । उक्त कार्यक्रम अन्तर्गत ३१० जना जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियो । यस्तै ३ विद्यालयका ५३ जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो । कार्यक्रममा पुर्वअध्यक्ष अखिलेश गुप्ता, आनन्द वझा, सन्जिव श्रेष्ठ, उमेश अमात्य, वर्तमान उपाध्यक्ष प्रदिप शाक्य, सचिव रिशव वझा लगायतले आआफ्नो भनाई राखेका थिए ।