Butwal Today

पाल्पाको निस्दीमा जिप दुर्घटना १४ जना घाइते

२ जेष्ठ २०८१, बुधबार
अ+
अ-

पाल्पा, २ जेठ ।

पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । निस्दी गाउँपालिका ४ को मतियारडाँडा स्थित भित्री कच्ची सडकमा लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका दुर्घटनमा परेको हो । नवलपरासीको अरुणखोलाबाट निस्दीको खादर तर्फ आउदै गरेको डबल क्याप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते सबैलाई उपचारको लागि नवलपरासी तर्फ पठाईएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।