Butwal Today

एमाले संसदीय दलको बैठक सुरु

२ जेष्ठ २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नेछन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८१ र ८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका छन् ।

उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ ।

संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्रीसमेत रहेका अर्थशास्त्री डा. युवराज खतिवडा पनि सहभागी भएका छन् ।