ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अझै कतिञ्जेल धान्ने रेमिटान्सले ?

१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

अहिले सरदर दैनिक दुईहजार पाँचसय नेपाली युवा बैदेशिक रोजगारीकै लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंबाट उडिरहेका छन । विमानस्थलमा पुग्ने जो कोहीलाई नेपाली युवाहरूको विदेश लर्कोले मेलाको झल्को दिन्छ । नेपालमा भविष्य नदेखेरै यतिधेरै संख्यामा युवाहरू विदेश पलायन हुन बाध्य भएका छन । विदेश उड्ने युवा, बिदाईमा पुगेका उनका आफन्त र छरछिमेकको भीडले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अचेल खुट्टा राख्ने ठाउँ हुँदैन । यो खुसीको कुरा हो कि चिन्ताको ? यसको जवाफ सायदै कोही कसैसंग छ । किनभने नेपालमा अवसर र रोजगारीको अभाव छ । कोही कसैलाई पनि आफ्नो देश छाडेर विदेश उड्ने रहर हुँदैन । तर, नेपालमा त्यस्तै भैरहेको छ । नेपाल सरकार बार्षिक पाँचलाख रोजगारी सिर्जना गर्ने भन्छ । बदलामा हजारले पनि रोजगारी पाउने अवस्था छैन । नेताहरूलाई सरकार गिराउने र जोगाउनेमै ध्यान छ । सरकारको नेतृत्व गर्दै आएका जुनकुनै दलहरूमा पनि देशको चिन्ता देखिएन । मुलुकको पछिल्लो अवस्था यही हो । देशमा रोजगारीको अवसर सिर्जना गर्ने कुरा धेरै परेको कुरा हो । बैशाखमा भएको लगानी सम्मेलनले पनि खासै उत्साहित बनाउन सकेन । देशका कलकारखाना बन्द हुँदैछन । भएको रोजगारी समेत गुम्ने अवस्था छ । अनि युवा विदेश नगएर कहाँ जान्छन ? नेपालमै रहेका तर कुनैपनि श्रममा नजोडिएका युवाको त लेखाजोखा छैन । ती सवै नेपालमा काम नपाएपछि विदेश जानुपर्ने बाध्यतमा छन । तिनलाई रोजगारीमा लगाउने कुरा अर्को चुनौति छ । नेपालमा अहिले श्रम बजार आफै चुनौतिमा छ । सरकार आफै आर्थिक चुनौतिको सामना गरिरहेको छ । नेपालमै रोजगारी गुमाएकाहरूको पुनस्र्थापना कसरी हुने हो अन्यौल छ । त्यसमाथि तेश्रो मुलुक र भारतको कुरा अझै चुनौतिको विषय छ । खासगरी युवालाई श्रमसंग जोड्न सकेमात्र देश विकास हुन्छ भन्ने आम मान्यता छ तर त्यो मान्यता स्थापित गर्न गरिनुपर्ने कामको विषयमा भने सम्वन्धित निकाय बेखबर हुने गरेको छ । सरकारले युवाहरू जसले रोजगारी गुमाएका छन र जो विदेशबाट फर्किएका छन उनीहरूलाई कृषिमा आवद्ध गर्ने जनाएको थियो तर अहिले त्यो योजना पनि तुहिएको अवस्था छ । दैनिक २५ सय युवाहरू बिदेश पलायन भैरहँदा पनि सरकारलाई छुन सकेको छैन । देश विदेशबाट पठाएको रेमिटान्सले धानिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि हुँदै १० खर्ब ८२ अर्ब ६२ करोड रूपैयाँ भित्रिएको जनाएको हो । देश रेमिटान्सले धान्नुपर्ने अवस्था आएको छ । त्यहीपनि हामी नेपाली युवा विदेश पलायन भएकोमा छटपटी गरिरहेका छौं । विदेशमा रोजगारीको अवसर नभएको भए मुलुकको अवस्था के हुन्थ्यो ? त्यो दुर्दिनको सायद कल्पनासम्म गर्न सकिदैन । हजारौं युवाहरूको विदेश बहिर्गमनले नेपाल कुन अवस्थामा छ भन्ने चरितार्थ भएको छ । अहिले बढ्दो बेरोजगारीकै कारण ग्रामीण भेगमा होस् वा सहर बजारमा लागूपदार्थ दुव्र्यसनमा लागेका युवाहरूको सङ्ख्या बढ्दो छ । बरु विदेश जाउ तर हाम्रो देशका युवाहरू कुलतमा नलाग भन्ने अवस्था उत्पन्न भएको छ । नेपाल सरकारको ध्यान युवालाई कुलतबाट छुटाएर स्वदेशमै रोजगारीमा जोडनेतर्फ कहिले जान्छ ? सोचनीय बिषय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?