ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

युवा संघ नेपालको ३५ औ स्थापना दिवस

रुपन्देहीका पालिकाहरुमा रक्तदान, खेलकुद, शैक्षिक सामग्री वितरणदेखि सरसफाई र सचेतना कार्यक्रम गरि मनायो युवा संघले आफनो स्थापना दिवस
१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

बुटवल, १ जेठ । राष्ट्रिय युवा संघ नेपालको ३५ औ स्थापना दिवस रुपन्देही जिल्ला कमिटीले विविध रचनात्मक कार्य गर्दै मनाएको छ । युवालाई संगठित गरि राजनीतिक र नेतृत्व विकाससंग सामाजिक गतिविधिमा अग्रसर गराउदै आएको संघले आफनो स्थापना दिवसलाई सप्ताहब्यापी रुपमा रचनात्मक कार्य गरि मनाएको हो ।

जिल्लाभरि नै विभिन्न पालिकाहरुमा डष्टबिन वितरण, सातु र सर्वत वितरण, खेलकुद तथा शैक्षिक सामग्री वितरण, जेब्राक्रस रेखाकङ, रक्तदान, सरसफाई तथा जनचेतनामुलक कार्यक्रमहरु समेत गरिएको जिल्ला कमिटिका अध्यक्ष विकासजंग बस्नेतले बताए । ‘हामीले मर्चवार, ओमसतिया, सियारी, सैनामैना, सिद्धार्थनगर, देवदह लगायतका पालिकाहरुमा रचनात्मक कार्यहरु गरेका छौ ।’—उनले भने । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही शाखाले मुख्य कार्यक्रम अन्तरगत सोमबार गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा फलफुल वितरण गरेको उनले बताए ।

कार्यक्रमको लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले अस्पतालमा उपचारमा रहेका बिरामीहरुलाई फलफुल वितरण गर्दै नेकपा एमाले पार्टीको महत्वपूर्ण जनसंगठनका रुपमा संघको भुमिका रहेको बताए । स्थापनाकालमा प्रजातान्त्रिक युवा संगठन हुदै पारिमार्जित भएर राष्ट्रिय युवा संगठन नेपाल भएको उनले बताए । विभिन्न जनसंगठनमध्येको यो एक शसक्त भएको बताए ।

यसैगरि मंगलबार सैनामैना नगरपालिकाका विभिन्न विद्यालयका ४ दर्जन गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय झोला वितरण, खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिने स्थापना दिवस समारोह समिति रुपन्देहीका संयोजक तथा जिल्ला कोषाध्यक्ष नारायण प्रसाद थापाले बताए ।

 

भिडियो सामग्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?