Butwal Today

बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित)

३१ बैशाख २०८१, सोमबार
अ+
अ-

काठमाडौं,३१ बैशाख । वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ ।

१९ बैंकहरुको ब्याजदर औैसतमा  ०.०८ विन्दुले घटेको हो ।

९ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकहरुले ब्याजदर बढाएका छन् ।

ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ ।

हेरौं कसको ब्याज दर कति ?