ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पैसा कमाउँदै ‘गढवाको गौमुत्र’

३१ बैशाख २०८१, सोमबार
३१ बैशाख २०८१, सोमबार

लमही, ३१ बैशाख।  गढवामा गौमुत्र बिक्रीवितरण सुरु गरिएको छ । गढवामा रहेको गाई संरक्षण केन्द्रबाट गौमुत्र संकलन गरि बिक्री सुरु भएको छ । गौमुत्र विभिन्न रोगको औषधिको रूपमा प्रयोग गरिन्छ । स्थानीयहरूले औषधीको लागि गाई संरक्षण केन्द्रबाट गाईको मुत्र किन्ने गरेको गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रका व्यवथापक भक्त बहादुर रोकाले जानकारी दिए । उक्त गाई संरक्षण केन्द्रमा हाल २ सय ७५ गाई र २० बाच्छाबाच्छी रहेका छन ्। माग अनुसार गाई मुत्र संकलन गरेर २५ रूपैयाँ प्रति लिटरका दरले बिक्री गरेको गाई संरक्षण केन्द्रका अध्यक्ष जित बहादुर आले मगरले बताए । २०८० बैशाख १ गतेदेखि गाई मुत्र बिक्री सुरु गरीएको अध्यक्ष मगरले बताए ।
प्रशोधित बिनानै २५ रूपैयाँ प्रति लिटरका दरले बिक्री गरेका छौ, प्रशोधित गरेर बेच्दा भने बढी मूल्य पर्न सक्ने उनले बताए ।

गाईबाट संकलित मुत्र प्रशोधन गरि औषधिको रूपमा बिक्री गर्नका लागि योजना बनाई रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । संकलित मुत्रलाई प्रशोधन गरि ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधिको रूपमा प्रयोग गर्न सकिने भएकोले गाई मुत्र बारे ठूलो योजना बनाएर बिक्री बितरणका लागि प्रयास गरिरहेको अध्यक्ष पोख्रेलले जानकारी बताए । पोख्रेलले गाई संरक्षण केन्द्रलाई राम्रो तरिकाले व्यवस्थापन गर्दै यसलाई रोजगारसँग जोड्ने योजनाका साथ अघि बढेको बताए । गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रूपमा प्रयोग गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउँदै गाईको महव बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताए । हामी गाईको मल मुत्र र दुध सबै लाई उपयोग गर्ने र गढवामा नमुना गौशाला छ भन्ने सन्देश सबैलाई दिन खोजेको हो अध्यक्ष पोख्रेलले भने ।

हिन्दुहरूको महान पर्व तिहारको गाई पूजाको दिन २०८० कार्तिक २७ गतेका दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको थियो । गाई पूजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरेका थिए ।

गढवा बजार र आसपासका क्षेत्रहरूमा छाडा पशुु चौपायाले किसानहरूको बालीनाली खाएर सखाप पारेपछि किसानहरूको मागलाई ध्यान दिँदै गाउँपालिकाले झण्डै तिन सयको हाराहारीमा रहेका छाडा गाई–गोरुलाई गौशाला निर्माण गरि ब्यवस्थित गरेको छ । गढवा गाउँपालिकाले स्थानीय जातको गाई संरक्षणका लागि निर्माण गरेको गढवा गौशालामा हाल तिन जना गौ रक्षक राखिएको छ । गढवा गाउँपालिकामा रहेका छाडा गाई गोरुलाई गौशालामा ब्यबस्थापन गर्न पालिकाले सहयोग गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?