© 2026
बुटवल, ३१ बैशाख । तराई अन्नभण्डार हो । तर पनि अधिकांस किसानले दुई बाली मात्रै लगाउँदै आएका छन् । मौसमी रूपमा खाद्यान्न बाली धान र गहँु वा धान खेती गर्दै आएको पाईन्छ । कतिपय किसानले सिंचाई अभावको कारण एक बाली मात्रै धान त्यै पनि बर्षाको मौसममा मात्रै गर्ने गरेको पाईन्छ । यसरी जमिन बाँझो राख्दा उत्पादकत्व घट्नुको साथै माटोको उर्वरा शक्ती समेत नास हुन्छ । कृषिजन्य भूमि बाँजो रहँदा त्यसको प्रत्यक्ष असर खाद्यान्न उत्पादनमा पर्ने भएको कारण अहिले प्रदेशको कपिलवस्तु जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले ३ बाली खेती सिकाउने कामको सुरुवात गरेको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको सिंचाई प्रणाली भित्र रहेका किसानहरूलाई बाणगंगा सिंचाई अन्तर्गतका छेउछाउका स्थानमा अहिले हाईब्रेड जातका मकै हुर्कीरहेका छन् । अघिल्लो बर्षहरूमा कतिपय किसानहरूले तेस्रो बाली खेती गर्दै आएका थिएनन् भने जमिन नै बाँझो राख्ने गर्दथे, कतिपय किसानले भने स्थानीय जातको मकै लगाउँदै आएका थिए । कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कर राज पौडेलका अनुसार अहिले ९० हेक्टर क्षेत्रमा कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६, ९,१०,११ मा गजदशिपुर साना किसान कृषि सहकारी मार्फत र बणंगा नगरपालिकाको वडा नम्बर ६ मा ३ वटा विभिन्न समूह सहकारी मार्फत मकै खेती गरिएको छ ।
जसको लागि कृषि ज्ञान केन्द्रले निःशुल्क रूपमा मकैको बीउ, आवश्यक रोग किराको उपचार लगायतयका निःशुल्क, तालिम समेत प्रदान गर्दै आएको छ । जिल्लामा ५ सय हेक्टर क्षेत्रफल मा विस्तार गर्ने गरी योजना रहेको भएपनि पहिलो बर्ष ९० हेक्टरबाट सुरुवात गरिएको ज्ञान केन्द्र प्रमुख पौडेलले जानकारी दिए ।
जसको लागि हाईब्रेड मकै रामपुर १०, चैते ५ थान, मुंग र तरकारीको बाली क्षेत्र विस्तारको लागि समेत सहयोग गर्दै आएको छ । ज्ञानकेन्द्र प्रमुख पौडेल भने–‘सीचाईको अभावको विचमा किसानको अपेक्षालाई मध्यनर गर्दै किसानलाई प्रविधी मैत्री बनाउनको लागि हामीले काम गरिरहेका छौ ।’ किसानले कम लगतमा बढि उत्पादकत्वको लिनको लािग यो आयोजना सुरुवात गरिएको प्रमुख पौडेलको भनाइ रहेको छ । आगामी दिनमा अझ यसलाई विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कुस्मा पहाडीका जानकी घिमिरेले यो बर्ष हाईब्रेड जातको मकै लगाउनमा पाउँदा खुसी छिन् । विगतमा दिनहरूमा स्थानीय जातको मकै लगाएपनि उत्पादन राम्रो नभएको कारण समस्या रहेको भन्दै उनले यो बर्ष भने आईब्रेड जातको मकै लगाउँदा उत्पादन बृद्धि हुने अपेक्षा उनको छ । उनी भन्छिन्–‘घरकै मकै लगाउँथीम, रसि नापेर लगाईयो, पहिला हातले छर्दा वा रोप्दा बाक्लो हुने, कम फल्ने समस्या थियो, तर यो पटक घुँगा राम्रो छ, तर पानी नभएको कारण समस्या भएको छ ।’
यो मकै उत्पादन भएपछि घरमै पशुलाई दाना बनाउनको लागि, घुँगा समेत बिक्री गर्नको लागि सहज हुने उनको भनाई छ । यसको अलवा मकै खेतीको तालिम समेत प्राप्त गरेको कारण अर्को बर्ष त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेर काम गर्दा राम्रो हुने अपेक्षा लिएको किसान घिमिरेको भनाई छ । उत्पादित मकै विक्रि वितरणको लागि संकलन केन्द्र स्थापनाको साथै पूर्णरूपमा सिांचाईको सुविधा भएमा तिन वटै सिजमा जस्तो भए पनि नियमित तरकारी वा खाद्यान्न उत्पादन गर्न सकिने उनको भनाइ छ ।
कपिलवस्तुनगरपालिका नम्बर ९का अर्का किसान गोबिन्द्र प्रसाद न्यौपानेपनि तिन बाली लगाउँदा उत्साह थपेको बताउँछन् । विगतका कहिले बाजै छाड्ने गरेको स्थान लाई अब नियमित रूपमा तिन बाली लगाउने जाँगर आएको बताउँछन् । उनि भन्छन्–‘ रामपुर १० मकै लगाएका छौ, मकै बीउ निःशुल्क पाएको हो, लाईन लगाएर डोरी बाँधेर लगाएका थियो, जसले राम्रो उत्पादन दिने मा हामी ढुक्क छौ ।’
प्रदेशको कृषि विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक राम प्रसाद पाण्डेले प्रदेश सरकारले गौरवको योजनाको रूपमा प्रदेशका ४ वटा ठुला सिंचाई प्रणाली अन्तर्गत रहेका पालिकाहरूमा तेस्रो बाली लगाउनको लागि प्रोत्साहन गर्ने उद्देश्यका साथ बाली विस्तार कार्यक्रम जारी रहेको बताउँछन् । सोही अन्तर्गत बाणगंगा सिंचाई प्रणाली अन्तर्गत अहिले मकै खेती बिस्तार कार्यक्रम ९० हेक्टर भन्दा बढि मा विस्तार भएको उनको भनाइ छ । समूह, सहकारी मार्फत किसानलाई तेस्रो बाली लगागउनको लागि जोड दिने उद्देश्यका साथ यो आयोजना गरिएको उनको भनाइ छ । जसबाट किसानको खेत हरियो हुनुको साथै किसानले आम्दानी समेत प्राप्त गर्ने अपेक्षा लिइएको उनको भनाई छ । उनी भन्छन्–‘यसको सबै उद्देश्य भनेको खाद्यान्नमा आत्मनिर्भर बनाउने हो, दानाको लागि समेत मकैको प्रयोगको लागि अहिले पनि करोडौंको मकै आयात भैरहेका छ, सबै क्षेत्रमा उचित सिंचाईको व्यवस्थापन गर्न सकियो भने आयात प्रतिस्थापन गर्न सकिन्छ ।”
ठूलो सिंचाई आयोजनाको कमाण्ड क्षेत्रमा बाली सघनाता बृद्धि कार्यक्रम अन्तर्गत बाणगंगा सिंचाई आयोजनामा कृषि तथा पशु विकास बहुउद्देश्य सहकारी संस्था मार्फत बाणगंगा नगरपालिका वडा नम्बर ६ लक्षमणघाटमा मकै २२.०३ हेक्टरमा क्षेत्र बिस्तार भैरहेको छ । यस्तै साना किसान कृषि सहकारी संस्था कपिलवस्तु ९ जगदिशपुर मार्फत ३१.०३ हेक्टरमा मकै खेती बिस्तार कार्यक्रम जारी रहेको छ । à