Butwal Today

कांग्रेस संसदीय दलका दुई वैठक बस्दै

३१ बैशाख २०८१, सोमबार
अ+
अ-

काठमाडौं,३१ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ।

संसदीय दल कार्यसमितिको बैठक दिउँसो १ बजे र दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने कांग्रेसले जनाएको छ। वैठक गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीका सम्बन्धमा संसदीय छानवीन समिति गठनको माग र जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बस्ने संसद वैठक अवरुद्ध गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीत हुने छ ।