ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

३० बैशाख २०८१, आइतबार
३० बैशाख २०८१, आइतबार

बुटवल, ३० वैशाख ।

चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन भएकी छन् । समाजको नवौंं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले ज्ञवालीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा कमल अर्याल, सचिवमा हेमनाथ ज्ञवाली, कोषाध्यक्षमा रामप्रसाद पन्थी र सहसचिवमा टेकनारायण टण्डन रहेका छन् । त्यस्तै सदस्यहरुमा दीपक अर्याल, पवन ज्ञवाली, कमल भण्डारी, हरि पन्थी, सन्दीप पौडेल, इस्लाम अलि, बर्कत अलि र बलराम पन्थी रहेका छन् ।

अध्यक्षमा चयन भएपछि ज्ञवालीले अघिल्लो कार्यसमितिले अगाडि सारेका राम्रा कामलाई निरन्तरता दिंदै थप सामाजिक र रचनात्मक काममा समाजलाई अग्रसर बनउने प्रतिवद्धता व्यक्त गरिन् ।

यसअघि अधिवेशनको उदघाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले यस्ता सम्पर्क समाजले गाउँ र सहरलाई जोड्ने काम गरेको भन्दै बुटवलमा मात्रै ४२ वटा सम्पर्क समाजहरु क्रियाशिल रहेको बताए ।

उनले विभिन्न जिल्लाबाट बुटवलमा आएर बसोबास गर्नेहरु संगठीत हुँदा यसले सिंगो बुटवलको विकासमा समेत सकारात्मक योगदान पुगेको बताए ।

छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष काजीबाबु ज्ञवालीले समाजले चिदिकाबासीलाई गर्दै आएको सहयोग अमूल्य रहेको भन्दै तर गाउँ रित्तिदै जानु दुःखद रहेको बताए ।

सिंगो गाउँ सुनसान हुँदा यसले विकास निर्माणलगायत धेरै कुराहरुमा असर गरेको तर बुटवल लगायत आसपासका क्षेत्रमा आएर बसोबास गरेका चिदिकाबासीहरु संगठीत भएर सामाजिक र रचनात्मक काम गर्नु भने निकै ठूलो गौरवको कुरा रहेको उनले बताए ।

समाजका अध्यक्ष केशवराज पन्थीले समाजले आफ्नो कार्यकालमा गरेका गतिविधिहरुबारे प्रकाश पार्दै रक्तसञ्चार सेवा केन्द्र बुटवलमा सबैभन्दा धेरै रक्तदान गर्नेको सूचीमा चिदिका रुपन्देही सम्पर्क समाज रहेको बताए ।

त्यस अवसरमा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष इश्वरी ज्ञवाली, छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडासदस्य फिरोज खान, ठूलापोखरा रुपन्देही सम्पर्क समाजका अध्यक्ष ज्ञानप्रसाद पौडेल, भगवती रुपन्देही सम्पर्क समाजका अध्यक्ष ताराप्रसाद पाण्डे, खुद्रा किराना व्यवसायी संघकी प्रथम उपाध्यक्ष राधा आचार्य भुसाल, समाजका सचिव जीवनाथ अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष केशवराज पन्थीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमल अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समाजलाई नियमित रुपमा कार्यालय उपलव्ध गराएकोमा इन्टरफेस सिस्टमका सञ्चालक एवं समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, आर्थिक सहयोग पु¥याउने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्चारको क्षेत्रबाट सहयोग पु¥याउने प्रेस सल्लाहकार लक्ष्मण पौडेललाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?