ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’

३० बैशाख २०८१, आइतबार
३० बैशाख २०८१, आइतबार

लमही, ३० बैशाख । व्यस्त जीवनशैली, बिलासी चाहानाका कारण पछिल्लो समयमा मानिसहरूमा मोटोपन बढ्न थालेको छ । बृद्धदेखि बालबालिकाहरूमा यो समस्या हुन थालेको छ । मोटोपनसँगै मानिसहरूमा दीर्घ रोग समेत बढेको पाइन्छ । अब लमहीमा भने यसको समस्या हल गर्न खुल्ला शारिरिक ब्यामशला निर्माण भइ संचालनमा आएको छ । लमही बजारसगै सटेको अजमरी सामुदायिक वनको जैविक पार्कसगै सटेको करिब ५ बिगाह क्षेत्रफलमा ब्यामशला निर्माण सम्पन्न भए लगत्तै बृद्धदेखि बालबालिकामा ब्यायामशालाको क्रेज बढेको छ । लमही निवासी ७० बर्षिय माया बस्नेत बिहान ५ बजेदेखि आधा घण्टा ब्यायाम गर्ने गरेको बताइन् । उनी एक महिनादेखि नियमित ब्यायाम गर्दा मदुमय र प्रेसर समेत नर्मल भएको बताइन् । उनीजस्तै अधिकांश ब्यायाम गर्नेहरू केहि न केही समस्या तनावमा रहेको भएपनि ब्यामवाट समाधान भएको बताउछन ।

जैबिक पार्क भित्र खुल्ला जिम सेन्टर शुभारम्भ गरिएको छ । विभिन्न पेसामा आबद्ध भएकाहरु अन्य ब्यायाम गर्ने समय नहुनेहरूका लागि सो ब्यामशाला बरदान साबित भएको राजनीतिककर्मी डिल कुमार श्रेष्ठले बताए । सो ब्यायामशाला १ महिना अगाडिदेखि प्रयोगमा आए पनि शनिवार लमहीका नगर प्रमुख जोगताज चौधरीले औपचारिक उद्घाटन गरेका छन । नगरप्रमुख चौधरीले ब्यायामशालाको उद्घाटन गर्दै शारीरिक रूपमा स्वस्थ्य रहेमात्र मानसिक स्वस्थ्य हुने तर्क दिँदै जीवनशैली सुधार्न समेत ब्यायामशाला उपयोगी हुने बताए ।

समाजमा विभिन्न उमेर समूहका ब्यक्तिहरूलाई स्वस्थ रहनमात्र नभई ब्यवसायिक खेलाडी उत्पादनमा समेत ब्यायामशालाको योगदान रहँदै आएको उनले बताए । सथै चौधरीले लमही बजारमा ठूलो जनघनत्व भएको क्षेत्रमा भएकोले हाल जिमखानाका भएका सामग्री प्राप्त नहुने बताउँदै बढाउन नगरपालिकाले थप बजेट ब्यबस्थापन गर्ने बताए । त्यसैगरि लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले सबै उमेर समूहलाई स्वस्थ राख्न ब्यायामको महŒव हुने भन्दै ब्यायामशाला शुभारम्भ गरेकोमा सामुदायिक वनका पदाधिकारीहरूको प्रशंसा व्यक्त गरिन । करिब ३४ लाख ८८ हजार ५ सय ५३ रूपैयाँ लागतमा संचालनमा ब्यायामशाला शुभारम्म गरिएको सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए ।

जसमा शहरी शासकीय पूर्वाधार आयोजनावाट रु. १० लाख, लमही नगरपालिकाको आन्तरिक स्रोतबाट रु. २३ लाख ८ हजर ७ सय ३ र सामुदायिक वनको २ लाख २५ हजारको लागतमा सो ब्यायामशाला निर्माण भएको अजमरी सामुदायिक वनका अध्यक्ष रिजालले बताए । जस मध्ये २० लाखको जिमका सामाग्री मात्र रहेका छन । रोग लाग्न भन्दा अघि नै सचेत हुन जरुरी रहेको भन्दै ब्यायामशाला संचालनमा ल्याएको रिजाल बताउँछन् । उनले फिटनेश समाजलाई सुन्दर बनाउन निःशुल्क ब्यायामशालाको ब्यबस्था गरेको बताए ।कार्यक्रममा मानव जिवन स्वस्थ राख्नु सबैभन्दा चुनौती देखिएको भन्दै स्वस्थ रहन नियमित ब्यायाम जरुरी रहेको उक्त ब्यायामशालाले पूरा गर्ने ब्यायाममा सहभागीहरूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?