ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

नर्सिङ पेशाको गौरव र साख जोगाऊँ

३० बैशाख २०८१, आइतबार
३० बैशाख २०८१, आइतबार

‘नर्सहरू नै भविष्य हुन्’ भन्ने नाराका साथ विश्व नर्सिङ दिवस आज विश्वभर मनाईदैछ । नेपालमा पनि यो दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लोसमय नर्सिङ क्षेत्रमा लगानी बढेको छ भने विद्यार्थीमा पनि नर्सिङ पेशाप्रतिको अभिरुची बढ्दै छ । नर्स भन्ने बित्तिकै हेपेर व्यवहार गर्ने विगतको संस्कारमा परिवर्तन आउँदैछ । अर्कोतर्फ नर्सिङमा विदेशबाट समेत राम्रो माग हुँदै आएकोले यो पेशा अव सम्मानित पेशा बन्दैछ । नर्सिङ दिवसको अवसरमा सम्झनैपर्ने छ– ती नर्सहरू जसले आफ्नो ज्यान जोखिममा राखेरपनि संक्रमितको उपचारमा तल्लिन रहे । विश्व नर्सिङ दिवसको अवसरमा नर्सिङ क्षेत्रलाई पेशा वनाएकाहरू जोखिमका बीच पनि सेवाको भावनाले आफ्नो ज्यानको बाजी लगाएर संक्रमितको सेवा गरे, उनीहरूको प्रशंसा गर्नुपर्दछ ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको बारेमा उल्लेख गरिएको छ । धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशूल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने गरी सुनिश्चितता गरिएको छ । अहिले यो काम स्वास्थ्कर्मीहरूले मात्रै गर्दै आएका छन् । नर्सिङ क्षेत्र आफै जोखिममा छ तर यो बेला मानवीय सेवालाई उनीहरूले सर्वाधिक महत्व दिएका छन । नेपालले गौरव गर्ने लायक बनेको छ– नर्सिङ क्षेत्र । विपत्तीको बेला नै हो जसको पनि परिक्षण हुने । अहिले नर्सिङ क्षेत्रले गरेको सत्कर्मको परिक्षण भएको छ । र, सवैको प्रशंसायोग्य वनेको छ । दिवसको यो अवसरमा यो पेशालाई अपहेलना होइन, सम्मान गरौं ।

विश्व नर्सिङ दिवस मनाउँदै गर्दा आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका भनिने पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटिंगेलको जन्म दिनका अवसरमा विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गर्दछ । रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटिंगेलले बेलायतको लण्डनस्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना गरेकी थिइन । फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिङ पेसालाई उभ्याएकी हुन् । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन् सक्ने ब्यत्तिहरू मात्रै थिए । नेपालमा नर्सिङको इतिहास वि.सं २०१३ वाट सुरु भएको देखिन्छ । जब केही गृहणीहरू लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए । नर्सिङ पेशालाई सम्मानित बनाउने दायित्व र कर्तब्य नर्सहरूको पनि छ । नर्सहरूप्रति विरामीको गुनासो पनि छ । नर्सहरूले उपचारकै क्रममा राम्रो व्यवहार गर्दैनन भन्ने । तर, सवैलाई एउटै कित्तामा राख्न मिल्दैन । अवको दिनमा नर्सहरूको पेशाको सम्मानका खातिर पनि नर्सहरू आफूले पनि पेशालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्नु जरुरी छ । नर्सिङको लामो इतिहास र यसको गौरव र साख जोगाउनेतर्फ पहल जरुरी छ । खासगरी सरकारले पनि विरामीको सेवामा अहोरात खटने नर्सहरूको उचित सुरक्षा तथा जीवनबृत्तिको ग्यारेण्टी गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?