Butwal Today

दम्पती मृत फेला

श्रीमतिको हत्या पछि श्रीमानले आत्महत्या गरेको प्रहरीको आशंका
३० बैशाख २०८१, आइतबार
अ+
अ-

सल्यान, ३० बैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर—४ देउलीका एक दम्पती मृत फेला परेका छन । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् ।
उक्त घटनामा श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो प्राथमिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बुटवलटुडेलाई बताए ।

मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनको भनाई छ । प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।