ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

सल्यान, २९ बैशाख । शुक्रबार सल्यान आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहमा पठाइने वित्तिय समानिकरण अनुदान घट्न नदिने बताएका छन् । महालेखा नियन्त्रकको कार्यालयले प्रदेश र स्थानीय तहमा चौथो किस्ता वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्दा वार्षिक विनियोजित बजेटको ७४.११ प्रतिशतमा नबढ्ने गरी हस्तान्तरण गर्न पत्राचार गरिसकेको सन्दर्भमा प्रचण्डले समानिकरण अनुदान घट्न नदिइने बताएका हुन् । दार्मा गाउँपालिका सल्यानको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यस अघि राष्ट्रिय समन्वय परिषद बैठकमा समानिकरण अनुदान घट्न दिइने छैन भनेर बोलेको थिए । फेरी पनि भन्न चाहन्छु । अर्थमन्त्रालयले त्यसको तयारी सुरु गरिसकेको छ । संघीय सरकारको यसमा गम्भीर ध्यान गएको छ ।’
उनले, सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन जारी हुने बित्तिकै रोल्पा, रुकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूमा तत्कालिन जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहज हुने उल्लेख गरे । आउने वर्षको नीति कार्यक्रम र बजेट निर्माणको अन्तीम तयारीमा रहेको भन्दै अर्थमन्त्रालय, योजना आयोग र सबै मन्त्रालयलाई योजना र कार्यक्रम बनाउँदा कर्णालि प्रदेशलाई विशेष प्याकेज दिन निर्देशन दिइसकेको बताए ।

सल्यान अस्पताललाई ५० बेडको पूर्ण क्षमतामा सञ्चालन गर्ने, सल्यान क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा विकास गर्ने बताउँदै उनले सल्यानका पर्यटकीय तथा धार्मीक क्षेत्रहरू खैरावाङ, छत्रेश्वरी, कुपिण्डे दह, कुमख लगाएतका क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा पूर्वाधार विकास गरिने उल्लेख गरे ।

दार्माको मुकाम फारूला छोएर रोल्पाबाट सल्यान, रुकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्ला जिल्लाबाट रारा जोड्ने सडकको कालोपत्रेका लागि सरकारको तर्फबाट आवश्यक पहल लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले दुग्ध सहकारीहरूमार्फत दार्मालाई दूध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अगाडि बढाउन सङ्घीय सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो ।

स्थानीय तहले संघीयताको असल अभ्यास गर्न सकेमा प्राकृतिक स्रोत साधनको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्त्वका कामहरूको साथै सेवा प्रवाहका क्षेत्रमा महत्त्वपूर्ण काम गर्न सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सही अभ्यास हुँदा स्थानीय तहले ग्रामीण अर्थतन्त्रको सबलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । भौगोलिक रूपमा विकट मानिने दार्मा गाउँपालिकामा सुविधायुक्त प्रशासकीय भवन निर्माण भएको हो ।

भवन उद्घाटन कार्यक्रममा पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले बोल्दै आर्थिक सम्पन्नता र सामाजिक न्याय मुख्य आवश्यकता रहेको उल्लेख गरेका थिए । यस्तै दार्मा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष निम बहादुर केसी अरूणले पालिकाहरूमा निर्माणाधिन अस्पताल अस्तव्यस्त भएको तथा योजना सम्पन्न भैसकेर भुक्तानी दिनेबेला अनुदान कटौती हुने समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?