ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

नेपालगञ्ज, २९ बैशाख ।

बाँकेमा मातृ मृत्युदर कम गर्न बर्थिङ सेन्टर ब्यवस्थित गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । लुम्विनी प्रदेश, स्वास्थ्य निर्देशनालय भालुवाङले शुक्रबार मातृ मृत्युदर उच्च भएका स्थानीय तह नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेल्ने सहभागीले नेपालगञ्ज उपमहानगर अन्तर्गतका विभिन्न वडाहरुमा ब्यवस्थित बर्थिङ सेन्टर नहुँदा सुत्केरी आमाको अकालमा ज्यान जाने गरेको बताएका हुन् । भेरी अस्पतालमा सुत्केरीहरुको चापले गर्दा बेड नपाउने समस्या र बर्थिङ सेन्टरहरुमा आवश्यक सुविधा नहुँदा नगरपालिकाभित्रकै धेरै सुत्केरीले ज्यान गुमाईरहेको मृतक सुत्केरीका परिवारले गुनासो गरे । लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट जटिल अवस्थाका सुत्केरीहरु भेरी अस्पतालमा आउने भएकाले सुत्केरीलाई सहजै बेड उपलब्ध गराउन समस्या भईरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पवनजंग रायमाझीले बताए ।

पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा छुट्टै प्रसुती गृहको आवश्यकता रहेकाले यसको लागि तिनै तहको सरकारले चासो लिनु पर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । अध्यक्ष रिजालले भने– ‘सुत्केरी आमाहरु बर्थिङ सेन्टरबाट भेरी अस्पताल, अस्पतालमा पनि बेड नपाएर भौतारिँदा ज्यान जाने जोखिमलाई सबैले गम्भीर भएर सोँचौ र समाधान खाजौं ।’

लुम्विनी प्रदेश, स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर ओलीले समग्र लुम्विनी प्रदेशको मातृ मृत्युदर बारे तथ्यांक प्रस्तुत गरेका थिए । लुम्विनी प्रदेशका ४४ प्रतिशत सुत्केरी आमाहरुमा गर्भाअवस्थाबाटै रक्तअल्पताको समस्या रहेको उनले बताए । ८ पटक अनिवार्य गर्भ जाँच गराउनु पर्ने भएपनि हाल ८८ प्रतिशतले मात्र गर्भ जाँच गराएको तथ्यांक रहेको र त्यसमा पनि ७ प्रतिशतले मात्र गुणस्तरीय गर्भ जाँचको सुविधा पाउने गरेको अधिकृत ओलीले बताए । नियमित रुपमा गर्भ जाँच र बच्चा जन्मिसकेपछि ४५ दिन सम्म ४ पटक सुत्केरी जाँच नगराएका कारण धेरै आमाहरुको ज्यान जाने जोखिम रहेको उनको भनाई थियो ।

यसैगरी स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका परिवार नियोजन पर्यवेक्षक डाक्टर कौशल भण्डारीले जनस्वास्थ्य सेवा ऐन २०७५ बारे प्रतुतिकरण गरेका थिए । सो ऐन बमोजिम नौवटा क्षेत्र आधारभूत स्वास्थ्य सेवाभित्र पर्ने उनले बताए । सोही अनुसार खोप सेवा, एकीकृत नवजात शिशु, बालरोग व्यवस्थापन, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, मातृशिशु तथा बाल स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोग, ज्येष्ठ नागरिक, सामान्य आकस्मिक अवस्था, स्वास्थ्य प्रवर्धन, आर्युेवेद तथा परम्परागत स्वास्थ्यसम्बन्धी सेवाहरू आधारभूत स्वाथ्य सेवा ऐनमा समावेश रहेको तर सुत्केरी आमाहरु निःशुल्क सेवा पाउन नसकिरहेको बताए ।

बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भएको केहीदिन अघि सार्वजनिकभएको थियो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् । जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घर नजिकै ठूलाठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । उनले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो अहिले भने सुत्केरी भइसकेपछि मृत्यु भइरहेको पाइएको बताईन् । अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनीधि, भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरका डाक्टर, नर्स, बाँकेका विभिन्न पालिका अन्तर्गतका स्वाथ्य शाखा प्रमुख, बर्थिङ सेन्टरका कर्मचारी र मृतक सुत्केरीका परिवारहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?