ट्रेंडिंग:

>> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन

प्रेम फक्रिएको रानीमहल

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको संख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चिनिने यो पर्यटकीय स्थलमा अहिले दैनिक सयौँ पर्यटक भ्रमण गर्ने गरेका छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टन जब भारत आउनुभएको थियो, त्यसबेला ताजमहललाई देखेर उहाँले भन्नुभएको थियो, “आज मलाई महसुस भयो, यो संसारमा दुई प्रकारका मात्रै मानिस छन् । एक ती हुन; जसले ताज देखेका छन् र अर्का ती हुन; जसले अझै ताज देख्न पाएका छैनन् । हुनसक्छ, यो संसारमा मानव निर्मित एकसे एक ठाउँहरू छन् तर ताज जस्तो अरू छैन । किनकि यसमा एक जना बादसाहले आफ्नो हृदय राखेका छन् ।” क्लिन्टनको यो भनाइबाट ताजमहलको बनावट कस्तो छ भनेर हामी सहजै अनुमान लगाउन सक्छौँ । सन् १६५३ मा मुगल सम्राट् शाहजाहाँले निर्माण गरेको ताजमहललाई प्रेमको प्रतीक मानिन्छ । सम्राट् शाहजाहाँले आफ्नी प्राणप्यारी श्रीमती मुमताजको मृत्यु भएपछि स्मरणमा सुन्दर ताजमहल बनाउनुभएको थियो ।

भारतको ताजमहल जस्तै आफ्नो प्रेमका लागि समर्पण गरिएका चर्चित महलहरूमध्ये पाल्पाको रानीमहल पनि एक हो । राणाकालीन समयमा पाल्पा गौँडाका पश्चिम कमान्डर जनरल खड्ग शमशेरले यसको निर्माण गराउनुभएको थियो । वि.सं.१९४९ मा आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भावविह्वल हुनुभएका खड्ग शमशेरले रानीसँग उहाँको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैँचासहितको दरबार निर्माण गर्ने अन्तिम वचन दिनुभएको थियो ।

भारतमा रहेका बेलायती इन्जिनियर झिकाई पाँच वर्ष लगाएर विसं १९५४ मा निर्माण पूरा गरिएको यस दरबारलाई नेपालको ताजमहलको रूपमा चिनिन्छ । कालीगण्डकी नदीको किनारमा भिरालो चट्टानमाथि निर्माण गरिएको यस दरबार अगाडि आकर्षक तटबन्ध, बगैँचा, पोखरीहरू अवस्थित छन् । नागबेली आकारमा बग्ने कालीगण्डकी, निलो पानी, सेतो बगर, पहाडको छेवैमा, नदीको किनारमा अवस्थित यो महलले अहिले धेरै पर्यटकलाई आकर्षित गर्न सफल भएको छ ।

ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको स्थल रानीमहल लुम्बिनी प्रदेश अन्तर्गत पर्ने पाल्पा जिल्लाको सदरमुकामबाट करिब १३ किलोमिटरको दूरीमा अवस्थित छ । यसको इतिहास हेर्ने हो भने राणाकालीन समयमा धीर शमशेरका १७ भाइ छोरामध्येका एक अर्का भाई वीर शमशेर प्रधानमन्त्री भएको समयमा उहाँका भाइ खड्ग शमशेर कमान्डर इन चिफ हुनुहुन्थ्यो । उहाँ चिफ भएको १८ महिनापश्चात् पदच्युत भई पाल्पामा निर्वासित हुनुभएको थियो ।

विसं १९४५ मा उहाँलाई रूपन्देही, कपिलवस्तु, बागलुङ र पर्वतलगायतका क्षेत्रको जिम्मेवारीका साथ पाल्पाको गौँडामा पश्चिम कमान्डर जनरलका रूपमा बस्ने अनुमति दिइएको भनाइ छ तर वि.सं.१९४९ मा उहाँकी पत्नी तेजकुमारीको अकस्मात निधन भयो । मृत्यु हुनुअघि आफ्नी अर्धाङ्गिनीलाई गरेको वाचा अनुसार रानी महलको निर्माण गरिएको इतिहास छ । पाल्पा र स्याङ्जा जिल्लाको सिमाना कालीगण्डकीको किनारमा रहेको यो महलमा धेरै युवक युवती आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस् भनेर रानी महललाई साक्षी राख्न पुग्ने गर्छन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वास रहिआएको छ ।

युनानी शैलीमा बेलायती इन्जिनियरहरूले बनाएको रानीमहल कालीगण्डकी नदीको विशाल चट्टानमाथि पश्चिमी कैलाशमा अवस्थित छ । दरबारको बायाँतर्फ शीतल पार्टी दरबार परिसरमा फोहोराका लागि कुँदिएको ढुङ्गाले निर्मित दुई वटा पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल पनि छ । दरबार परिसरमा बायाँतर्फ शिव लिङ्ग र गङ्गाका दुई मन्दिर छन् । वरपर रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखिन्छ । चार तले भवन ५६ फिट चौडाइ र ११२ फिट उचाइ वरपर हराभरा हरियाली वनले मन आनन्दित बनाउँछ । उत्तर बाहिनी भएर बग्ने पवित्र नदी कालीगण्डकीको पारिपट्टिको वनलाई रानीवन र यहाँको घाटलाई रानीघाट भन्ने गरिन्छ । रानीमहल निर्माण गर्दा जनताले इँटा बनाउने, पर्खाल लगाउने, जङ्लबाट काठ ओसार्ने, काट्ने र कुँद्ने जस्ता श्रमदान भएको भनाइ छ ।

सुर्खी, इँटाको धुलो जस्ता विशेष सामग्रीबाट बनाइएको इँटा र सालको काठबाट महल निर्माण गरिएको छ । यो दरबार पूरा गर्न करिब पाँच वर्ष लागेको थियो । भवनको प्रत्येक टुक्रा विशेष अध्ययनपछि मात्र जडान गरिएकाले यसको निर्माण अवधिसमेत लम्बिन पुगेको भनाइ छ । दर्जनौँ कोठा, सुन्दर पोखरी, मस्जिद, वरपरको सुन्दर बगैँचा, अतिथि कक्षको बनावट र कलाकौशलले भरिपूर्ण यो महललाई एउटा स्वर्गको टुक्रासँग तुलना गर्न मिल्ने त्यहाँ पुगेका पर्यटकको भनाइ छ ।

अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पाल्पा जिल्लामा अवस्थित रानीमहल नेपालकै एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । पाल्पाको सदरमुकाम तानसेनदेखि बस, जिप जस्ता यातायातका साधनमार्फत करिब २० मिनेटमै पुग्न सकिने भए पनि पैदल यात्राको मजा पनि बेग्लै छ । करिब दुई घण्टाको पैदल यात्रा गर्दैसमेत यहाँ पुग्न सकिन्छ । पैदल यात्राका क्रममा विभिन्न खोलानालाको सुसेलीसँगै वनजङ्गलमा अवस्थित चराचुरङ्गीहरूको चिरिबिरीले थकान महसुस हुन दिँदैन ।
यात्राका क्रममा बिच बाटोमा हात्तीढुङ्गा भन्ने स्थानमा हात्तीको आकृतिसहितको ठुलो ढुङ्गा हेर्दा वास्तविक हात्ती नै देखे जस्तो महसुस गराउँछ । यसपछि केही बेरको हिँडाइपछि पाल्पाको चर्चित वैकुण्ठ झरनाको कलकल पानीको आवाज सुन्दै झरनालाई माथिदेखि तलसम्म नियाल्न पाइने छ । यसको केही समयपछि पर्यटकले आफ्नो गन्तव्य स्थल रानीमहल देख्ने छन् । वरिपरि अग्लाअग्ला डाँडाकाँडाहरू, फेदमा कलकल आवाजमा बग्दै गरेको कालीगण्डकीको छेवैमा स्वर्गकी अप्सरा जस्तै सेतो रङमा सजिएको रानीमहलले सबैलाई मोहित बनाउने गर्छ ।
अहिले यसको वरिपरि विभिन्न रेस्टुरेन्ट खुलेका छन् । जसले गर्दा पर्यटकका लागि बस्ने खाने व्यवस्थासमेत व्यवस्थित बन्दै गएको छ । टाढा टाढादेखि घुमफिर गर्न आउने पर्यटकका लागि रात्रि शिविरको समेत व्यवस्था रेस्टुरेन्टले गर्ने गरेको छ । यसै कारण यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जनका साथ आफ्नो समय व्यतीत गर्न सक्छन् । (गोपबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?