ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

बुटवल, २८ बैशाख । भाषा, धर्म र संस्कृतिका हिसाबले धनि नेवारी संस्कार जोगाउन सबै खलपुच र संघसंस्थाहरु एकजुट हुनुपर्ने बुटवलमा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । श्री नेवा : सेवा समितिको १५ औ वार्षिक साधारण सभा शनिबारमा बोल्ने बक्ताहरुले बुटवल नगरको पुरानो समुदाय नेवारहरु आफनो भाषा, लिपि र संस्कृतिको संरक्षणका लागि एकजुट भएर लाग्नुपर्ने सुझाव दिएका छन । कार्यक्रमको एक समारोहका बिच समितिका संस्थापक उपाध्यक्ष तथा जेष्ठ नागरिक गोबिन्दकृष्ण कर्माचार्यले उद्घाटन गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले कला, संस्कृतिमा महिलाहरुको योगदान रहेको तर्क दिदै समिति समानान्तर रुपमा लैगिक समानतासहित नमुना काम गरेको बताए । काठमाडौ पछि बुटवललाई नेवार समुदायको मुख्य स्थानका रुपमा चिनिने र यो गरिमालाई उचो गराउने गरि अघि बढ्न जरुरी रहेको उनले बताए। जातिभन्दा पनि समुदायका विकासमा एकतावद्घ हुने काम संस्था लाग्नुपर्ने उनले बताए । बुद्ध र शंखध्वर साख्वाको भावनालाइ आत्मसात गर्दै समुदायको हकहितमा लाग्न सिकाएको उनले बताए । शिक्षा, स्वस्थ्य र विकासको कामलाई जोड दिनुपर्ने उनले बताए ।

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्थापनाको १८ वर्षको अवधिमा नेवारी संस्कृति झल्काउने संखध्वर साख्वा सास्कृतिक भवन निर्माणसहित विविध कला,संस्कृति जगेर्ना र रचनात्मक कार्यहरु गर्न सफल भएको उनले बताए । अहिलेसम्म १ करोड ५० लाख रुपैया सम्पत्ति रहेको उनले बताए । सामाजिक संस्कार भवन र भैरव मन्दिरको निर्माणको पहल अघि बढेको उनले बताए । बुटवलको विकासमा नेवार समुदायको योगदान रहेको भन्दै नेवा संस्कार र संस्कृति पछिल्लोसमय ओझेलमा पर्दै गएको दुखेसो गरे । दर्जनौ नेवा सम्वद्घ संस्थाहरुलाई एकआपसमा संगठित गर्दै नेवा भाषा, संस्कृति, लिपिहरुको संरक्षण गर्न खलपुच निरन्तर साथ अघि बढ्नुपर्ने उनले सुझाव दिए । नेवारी संस्कार अनुसार दुखको समयमा संस्थागत रुपमा सहयोग गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा महिला समितिका अध्यक्ष तारा श्रेष्ठले नेवारी संस्कार र संस्कृति जगेर्नामात्र नभई महिलालाई अगाडी बढाउन महत्वपुर्ण योगदान गर्दै आएको बताईन। यश क्षेत्रमा रहेका नेवारी महिलाहरुमा नेतृत्व विकास, सिपमुलक तालिम लगायतका कार्यक्रम अघि बढाएको उनले बताईन ।
कार्यक्रममा आजिवन सदस्य कृष्ण कुमार श्रेष्ठले नेवारी भाषा र लिपि लोपोन्मुख हुँदै गैरहेको बेला यसको संरक्षणमा अघि बढाउन जरुरी रहेको बताए । नेपालको माडबाडीका रुपमा पहिचान बनाएका नेवार समुदाय पछिल्लोसमय पछि परेको उनले दुखेसो गरे । नीति निर्माण गर्ने स्थानसम्म पुग्ने गरि दिर्घकालिन सोचका साथ अगाडि बढाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, नेवा पुच नेवा सेवा समितिका अध्यक्ष काजिमान श्रेष्ठ, उद्योगी तथा समाजसेवी नवराज श्रेष्ठ, तिनाउ ईन्टरनेश्नल प्रालिका अध्यक्ष चिरञ्जीवी जोशी, निर्मल लाकौल, महेन्द्र नारायण श्रेष्ठ,
लायन्स ईन्टरनेश्नल ३२५ का डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाङ, बसन्ती श्रेष्ठ, समितिका सचिव शारदा श्रेष्ठले संस्थागत विकास र योजनाबारे प्रकाश पारे ।

कार्यक्रममा समितिका कोषाध्यक्ष दल बहादुर श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन तथा अनुमानित आय, ब्यायको बजेट पेश गरेका थिए ।
कार्यक्रममा नेवा पत्रकार सत्य नारायण मानन्धरलाई सम्मान गरिएको छ । यसैगरि कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई सम्मान गरिएको थियो। यसैबिच समितिका एक दर्जन जेष्ठ नागरिकहरुलाई नगद र सम्मानपत्रबाट सम्मान गरिएको थियो । यसैगरि साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको रक्तदान कार्यक्रममा २० युनिट रगत संकलन भएको समितिका उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठले बताए । निशुल्क आँखा परिक्षण, नेवारी चलचित्र प्रर्दशन, सापारु प्रर्दशन, मौलिक भैरव नाच, नेपाल सम्वत शुभकामना आदान प्रदान, योमरी दिवस, १४ औ संस्करणको ईहि यज्ञ, कैतापुजा, अक्षय तृतियामा सातुसर्वत वितरणदजस्ता वर्षभरि कार्यक्रम गरिदै आएको उनले बताए । हाल समितिमा विशिष्ट, आजिवन र साधारण सदस्यहरु गरि २७० जना रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?