Butwal Today

उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै

२९ बैशाख २०८१, शनिबार
अ+
अ-

पाल्पा, २९ वैशाख ।

गुल्मीको छत्रकोट गाउँपालिका –४ मा सञ्चालित गुुड उद्योगहरुको अनुुगमन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा गएको बजार अनुुगमन टोलीले छत्रकोट –४ अगाह क्षेत्रमा सञ्चालित गुड उद्योगहरुको अनुगमन गरेको हो ।

अनुुगमनका क्रममा उद्योगहरुले शुद्ध उखुुको भन्दै भेलीको गुड विक्री गर्ने गरेको भेला परेको छ । अगाहमा सञ्चालित १२ वटा उद्योगहरुले बुटवलबाट भेली ल्याई शुुद्ध उखुुको भन्दै बेच्ने गरेको पाइन्छ । यहाँका अगाह, मनबाक र रिडी बजार क्षेत्रमा उखुुको भन्दै भेलीको गुड खुलमखुला रुपमा बेच्ने गरिएको हो ।

भेलीबाट बनाएको गुुडलाई उखुुको शुद्ध भन्दै उद्योगहरुले विक्री गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि अनुगमन गरिएको अनुुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताए । उनले भने, ‘यहाँका १२ वटा उद्योगहरुले मनोमानी ढंगले उपभोक्ता ठग्दै आएका छन् । उनीहरुले उखुुबाट बनाइएको गुड भन्दै भेली र चिनी मिसाएर गुड उत्पादन गरी विक्री गर्ने गरेको फेला पा¥यौं ।’

पहिलो चरणमा सम्झाई बुुझाइ उत्पादन बन्द गर्न भनेको संयोजक ज्ञवालीले बताए । उद्योगहरुले गुड अस्वस्थकर रुपमा उत्पादन समेत गर्ने गरेको पाइएको छ । जथाभावी फोहोर भएका ठाउँहरुमा गुुड उत्पादन गर्ने गरेको अनुुगमन टोलीका संयोजक ज्ञवालीले बताए । शुक्रबार ३ वटा उद्योगमा अनुुगमन गरिएको थियो । गत सोमबार यहाँका ८ वटा उद्योगमा समेत अनुुगमन गरिएको थियो । उनीहरुको अवस्था पनि उस्तै रहेको अनुुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको नेतृत्वमा घरेलुु कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारी, करदाता सेवा कार्यालयका कर अधिकृत सुरज बस्याल, राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीका अनुुसन्धान अधिकृत श्यामकुमार गौतम, इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक आशिष थापा लगायतको टोलीले उद्योग तथा बजारको अनुुगमन गरेको थियो ।