ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

बुटवल, २९ बैशाख । बुटवल क्रिकेट विकास समितिको आयोजनामा बुटवलमा उजिरसिह वडा कप २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको शनिबार पत्रकार सम्मेलन गरि आयोजक क्लबका अध्यक्ष रोमित बज्राचार्यले बताए ।

कार्यक्रममा बुटवल नगर खेलकुद समितिका संयोजक बोनिन पिया, बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकाल, रुपन्देही जिल्ला क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाड, संस्थापक अध्यक्ष गंगाराम सुनार, क्लबका सचिव पुनित पोखरेल, सहसचिव आयुष बोगटीले कप र टाईसिट सार्वजनिक गरेका छन ।

सोमबारदेखि नहरपुर माबि स्थित मैदानमा हुने प्रतियोगिताको टिम दर्ता, मैदानको पिच तयार लगायतको काम पूरा भएको उनले बताए । कार्यक्रममा बुटवल क्रिकेट विकास समितिका अध्यक्ष रोमित बज्राचार्यले बुटवल क्रिकेटको उर्वरभुमि भईकन पनि स्थाई क्रिकेट मैदान अभावलाई खेप्नुपरेको दुखेसो गरे । प्रतियोगिता संचालन गर्न ३ लाख ५० हजार रुपैया खर्च हुने अनुमान रहेको उनले बताए । आधारभुत क्रिकेट सिकेका युवाहरुलाई प्लेटफर्म दिने गरि प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । ग्रासरुट क्रिकेट विकाससंगै खेलाडीहरुलाई सीप तिर्खाने नीजि एकेडेमीहरुको योगदान रहेको उनले बताए । स्थानिय सरकारको पहलमा निर्माणधिन खेलमैदानलाई पुरा गरि अहिलेको पुर्वाधार अभाव रोक्न जरुरी रहेको उनले सुझाव दिए। अन्तराष्ट्रियस्तरको मापदण्ड बनाउन १५० यार्डको क्रिकेट मैदान नगरमा जग्गा अभाव रहेपनि ८० यार्डसम्म निर्माण गर्न सकिने उनले बताए ।

कार्यक्रममा बुटवल खेलकुद समितिका संयोजक बोनिन पियाले नगरको खेल बचाउने, खेलाडीहरुलाई अवसर दिने काम यहाँ रहेका विभिन्न क्लब र संघसंस्थाहरुबाट भएको बताए । क्रिकेट मैदानको विषयमा स्थानिय बासिन्दाहरुसंग सहकार्य गरि अघि बढन सके अघि बढ्ने उनले बताए । क्रिकेट रुचिको खेलका रुपमा पहिचान बनेको भन्दै पालिकाबाट क्रिकेट खेल विकासमा आवश्यक पहल गर्ने प्रतिवद्घता जनाए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले क्रिकेट विकासका लागि स्थापनाकालदेखि नै निरन्तरता दिदै आएको बताए । खेलक्षेत्र सबैभन्दा बढि सम्भावना रहेको र सरकारबाट न्यून लगानीमै सफलता हासिल गरेको बताए । लामोसमयदेखि अलपत्र परेको बहुमुखी क्याम्पस खेलमैदानलाई तयार गर्न लागेको उनले बताए । यो वर्ष १० लाख रुपैया बजेट बिनियोजन गरेर पुर्वाधार निर्माणमा जोड दिएको उनले बताए ।

प्रतियोगिताका संयोजक राजु रानाले आईसिसिको नियम अनुसार टेनिस बलबाट टि २० फरमेटमा खेल खेलाईने बताए । पहिलो चरणको खेल १६ ओभरको हुने र सेमिफाइनल र फाईनल २० ओभरको खेलाईने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि उपविजेता टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा म्यान अफ दी सिरिजलाई नगद २५००, ट्रफि, प्रमाणपत्र, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई नगद १५०० रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १६ टिमले भाग लिएका छन । गतवर्ष वडा नं ३ को टिम विजेता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?