ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

भैरहवा, २९ वैशाख ।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले सामाजिक परिवर्तनकै निम्ति भनेर आफूहरु अगाडि बढेको बताएका छन् । उनले आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकामा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको अन्तर्राष्ट्रिय वार्षिक विषय (प्रकरण)–सन २०२४/०२५ अन्तर्गत स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तिकरणको राष्ट्रिय शुभारम्भ समारोहलाई शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् ।

उनले भने, ‘समाज परिवर्तनका लागि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले खेलेको भूमिकाप्रति म गर्व गर्न चाहन्छु । जुन विषय नाराको रुपमा अगाडि सार्नुभएको छ, त्यो साकार पार्नका निम्ति हातेमालो गर्दै प्रदेश सरकार अघि बढ्न चाहन्छ । हामी सबै मिलेर यो नारालाई साकार पार्नको निम्ति अघि बढ्छौं ।’

मन्त्री आचार्यले यो संस्थाकै कारण आफ्नो जीवन यहाँसम्म आइपुगेको बताए । उनले संस्थाले आफूप्रति गरेको माया, ममता र प्रेरणा कदापी कुनै ठाउँमा प्रवेश गरे पनि भुल्न नसक्ने बताए । उनले भने, ‘तपाईहरु सबैप्रति आभारी छु, ऋण छु । किनकी मैले जति कोशिष गरे पनि त्यो ऋण तिर्न सक्दिन । यद्यपि यो संस्थालाई अगाडि बढाउन मेरो ठाउँबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी हुन दिन छैन भन्ने विश्वास दिलाउन चाहन्छु । ’

यो संस्थाको महत्वपूर्ण भूमिका रहेको मन्त्री आचार्यको भनाइ छ । उनले थपे, ‘सायद म संसारमा नहुन पनि सक्थे, करिब करिब मन मारेको मान्छे हुँ । तपाईहरुको प्रेरणा, उत्साह र मार्गदर्शनले आज मैले पुर्नजीवन प्राप्त गरेर यहाँसम्म आइपुगेको छु । म रोगले ग्रसित थिए । त्यो बेला मलाई प्रेरणा, उत्साह दिएर यहाँहरुले एक हिसाबले भन्ने हो जीवनदान दिनुभयो । त्यही भएर मेरो यो संस्थासित अत्यन्तै गाढा सम्बन्ध छ । ’ उनले हरेक सवालमा हातेमालो गर्दै अघि बढ्ने र यो संस्था आफूहरु साथमा रहेको आफूहरु यो संस्थासँग साथमा रहेको बताए ।

त्यस्तै शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले आफू रुपान्तरण हुन सके मात्र समाजलाई रुपान्तरण गर्न सकिने बताए । उनले भने, ‘मलाई के लाग्छ भने राजनीतिकर्मीहरु र ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय एउटा सिक्काका दूई पाटा जस्तो देखिन्छ । हामी एक ढंगले समाज परिवर्तन गर्ने काममा लागेका छौं । तपाईहरु अर्को ढंगले समाजलाई रुपान्तरण गर्ने काममा लाग्नुभएको छ । ’ मन्त्री ढकालले सबै मिलेर समाज रुपान्तरण गर्नुपर्नेमा जोड दिए । आफूहरु यो संस्थालाई सहयोग गर्न तत्पर रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रमा आइसकेपछि नकारात्मक कुरा हटाएर सकारात्मक कुरा लिएर जान सकिने बताइन् । उनले भनिन्, ‘म यो संस्थाको कार्यक्रममा सहभागी हुने गरेको छु । ’उनले सोचमा परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिइन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका निर्देशक, अध्यक्ष तथा प्रमुख वक्ता राजयोगिनी प्रणिता दिदीले सबैभन्दा ठूलो परिवर्तनको आधार मन भएको बताइन् । उनले मनलाई स्वस्थ बनाउन सुत्र र आधार आध्यात्मिकता भएको बताइन् । उनले भनिन्, ‘समाजलाई स्वच्छ बनाउनु मानव जीवनको कर्तव्य हो ।’

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी संस्थापक तथा संरक्षक दादीमाले विश्वलाई राम्रो बनाउने कार्य हाम्रो भएको बताइन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका सल्लाहकार दिपेन्द्र अधिकारीले वर्तमान समयमा मानसिक रोगबाट पीडित व्यक्तिको संख्या बढेको बताए । उनले एक अर्काको सम्मान गर्न आवश्यक रहेकोमा जोड दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सुचारुका लागि पहिलो प्राथमिकतामा राख्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरे ।

नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराईले दुनियामा सबैभन्दा ग्राहो काम भनेकै आफूलाई परिवर्तन गर्नु रहेको बताए ।

समाजसेवी भरत कुमार पोखरेलले मनको शान्ति र शुद्धीकरणका निम्ति आध्यात्मिक मार्गमा अगाडि बढेका संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

समाजसेवी हितराज पन्थीले समाजमा देखिएका झै–झगडा मित्रतामा रुपान्तरण गर्नुपर्ने बताए ।

ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र भैरहवाकी क्षेत्रीय प्रमुख शान्ति दिदीको स्वागत तथा केन्द्रीय सचिव भूपेन्द्र अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र प्रधान कार्यालय भैरहवाको आयोजनामा सञ्चालित पाँचदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार (हिजो)  भोजनालय कक्षको उद्घाटन भएको ब्रह्माकुमार दिपेन्द्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?