Butwal Today

कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

२७ बैशाख २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। कार्कीलाई बिहीबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए।

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्।

नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन्।

उनीहरू विना विभागिय मन्त्री नियुक्त भएका हुन्।