ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो

किसान, कृषि उद्यम गर्न चाहने देखि नेता र विद्यार्थी सबैले अवलोकन गर्ने रोजाईको थलो
२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

बुटवल,२६ बैशाख । देवदह नगरपालिकाका पुर्व मेयर हिरा खत्रीको नेतृत्वमा शुरु भएको देवदह ग्रीन एग्रो रिसर्च एण्ड रिसोर्सले वार्षिक ८० लाख रुपैयांको तरकारी र फलफुल विक्रि गरेको छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका खत्रीले राजनीतिसंगै सामूहिक कृषि उत्पादनबाट देशलाई आत्मनिर्भर गराउने उद्देश्यले ५१ जनाको टिम बनाएर चार वर्ष अघि देवदह ग्रीन एग्रो शुरु गरेका थिए ।

देवदह नगरपालिका वडा नंं ३ को शिशपुरमा विभिन्न व्यक्तिको ५ बिघा जग्गा लिजमा लिएर खत्रीको टिमले तरकारी र फलफुल खेती गरिरहेका छन् । प्रति व्यक्ति ३ लाखका दरले दुई करोड लगानी गरेर फलफुलमा खरबुजा, स्ट्रबेरी,कांक्रो तथा बोडी, करेला, कोरियन फर्सी, गोलभेंडा,लौका,घिरौंला, भिण्डी लगायत तरकारी खेती गरिएको छ । यहाँ मल्चिङ, थोपा सिचाइँ, डिप इरिगेसन, टनेलमा खेती जस्ता आधुनिक प्रणालीबाट खेती गरिएको छ भने । प्राङ्गारिक मल प्रयोग गरिएको छ ।


शुरुका वर्षमा कोरोना महामारीले असर गरेको तर पछिल्ला दुई वर्षदेखि राम्रो उत्पादन भइरहेको प्रालिका अध्यक्ष डिल्लीराज मरासिनीले बताए । उनका अनुसार वार्षिक ८० लाखसम्मको तरकारी र फलफुल उत्पादन भई विक्रि भएको छ ।

यहां उपभोक्ताले तरकारी र फलफुल आफै रोजेर टिपेर खरिद गर्न पाउने,मुल्य पनि अन्त भन्दा सस्तो र प्रांगारिकमैत्री उत्पादन हुने भएकाले बजारको कुनै समस्या नभएको र उपभोक्ता / व्यवसायीहरु खेतमै आएर खरिद गर्न भीड लाग्ने गरेको अध्यक्ष मरासिनीले बताए ।

एग्रोका परिकल्पनाकार एवं सञ्चालक हिरा खत्रीले आफू मेयर हुनु अघिदेखि नै पशुपालन र दुग्ध व्यवसायमा रहेकाले मेयर हुंदै कृषिमा पनि नमूना काम गर्नुपर्छ भनेर ५१ जनालाई साझेदार बनाई सामूहिक रूपमा उत्पादनसँग जोडिएको बताए ।

‘तरकारी र फलफुलको खेतीले धेरै आशावादी बनाएको छ’–खत्रीले भने–‘देशमा राम्रो संभावना भएको क्षेत्र कृषि हो, तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राख्नुुपर्छ, कृषिमा वजेट बढाउनुपर्छ ।’
खत्रीले उत्पादनमा आधारित अनुदान वितरणलाई सहज बनाउनुपर्ने औंल्याए ।
भौतिक पुर्वाधार निर्माणका लागि बनेको सार्वजनिक खरिद ऐन कृषि अनुदानका वितरणमा व्यवहारिक नभएको भन्दै छुट्टै सहज ऐन बनाउनुपर्ने माग गरे ।
भविष्यमा थप १० –१५ बिघा जग्गा थपेर १० वटा ग्रीन हाउसमा डेढ करोड र ३ वटा नेट हाउसमा डेढ करोड गरी तीन करोड लगानी थप गरी आधुनिक प्रविधियुक्त तरकारी खेती गर्ने योजना रहेको खत्रीले बताए ।

‘प्रविधिको उच्चतम प्रयोग गरेर बेमौसमी तरकारी उत्पादन गर्दै तरकारी र फलफुल खेतीको अनुसन्धान र स्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्य छ’–खत्रीले भने–‘राजनीति गर्ने नेताहरूले भाषणमा मात्र कृषिका कुरा गरेर हुंदैन,आफैं गरेर देखाउन सक्नुपर्छ,कृषि पेशा सम्मानको पेशा नबन्दासँग नेपालको कृषि क्षेत्रको व्यावसायिक विकास हुँदैन । युवा शक्ति पनि विदेश ताक्नु भन्दा स्वदेशमै कृषि उद्यममा जोडिनुपछ ।’
देवदह ग्रीन एग्रोमा अहिले १३ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कांग्रेस उपसभापतिद्वारा अवलोकन

देवदह ग्रीन एग्रो किसान, कृषि उद्यम गर्न चाहने देखि नेता र विद्यार्थी सबैले अवलोकन गर्ने रोजाईको थलो बनेको छ । गत वर्ष स्ट्रबेरी खेतीको सफलतासंगै यो ठाउं हेर्न आउनेको लहर छ । यसै क्रममा नेपाली कांग्रेसका उपसभापति एवं पुर्व मन्त्री पूर्णबहादुर खड्काले बुधबार एग्रोको अवलोकन गरेका छन् । सो अवसरमा सञ्चालक हिरा खत्री, अध्यक्ष मरासिनी लगायतले नेता खड्कालाई स्वागत गर्दै त्यहांको अवस्थाबारे जानकारी गराएका थिए । उपसभापति खड्काले देवदह ग्रीन एग्रोले नमूना काम गरेको भन्दै सराहना गरेका थिए । उपसभापति खड्काले कृषिको विकास विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै पुर्व मेयर खत्रीको परिकल्पनामा धेरै नेताहरुको सामूहिक लगानीमा सञ्चालन भएको देवदह एग्रोबाट अरुले सिक्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?