ट्रेंडिंग:

>> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

भैरहवा, २६ बैशाख । रूपन्देहीले एक भद्र शैक्षिक तथा प्राज्ञिक ब्यक्ति बालकृष्ण भट्टराईलाई गुमाएको छ । भैरहवाका जिउँदो इतिहास समेत रहेका भट्टराईले भैरहवाको शिक्षा, भाषा, साहित्यको विकासमा अतुलनीय योगदान गरेको पाउन सकिन्छ । वरिष्ठ साहित्यकार तथा शिक्षा विदकारूपमा परिचित बालकृष्ण भट्टराईको बैशाख २५ गते बिहान ०८ः०८ बजेको समयमा काठमाडौं अस्पतालमा उपचारका क्रममा ८१ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

२००१ साल कार्तिक १७ गते पाल्पामा पिता पण्डित रामप्रसाद भट्टराई र माता हरिकला भट्टराईको कोखबाट जन्मीनुभएका भट्टराई भैरहवाका स्थायी बासिन्दा हुन् । भट्टराईका १ श्रीमती, ४ छोरा र १ छोरी रहेका छन् ।

भाषा साहित्यको क्षेत्रमा, कृतिको समीक्षा र भूमिकाको लागि पर्यायवाची ब्यक्तिकोरूपमा परिचित भट्टराईको निधनले सिंगो रूपन्देही शोकमा रहेको बिभिन्न संघ संस्थाका ब्यक्तिहरूले बताएका छन् । प्रश्रीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा भैरहवा बहुमुखी पूर्व क्याम्पस प्रमुख डाक्टर कपिल लामिछानेले एक साहित्यिको अभिभावक गुमाउँदा शिक्षा र साहित्य जगतलाई अपूरणीय क्षति पुगेको बताए । “उहाँ पहिले भैरहवा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखकोरूपमा १६ वर्षसम्म हुनुहुन्थ्यो । सिद्धार्थ साहित्य परिषदको अध्यक्ष भएपछि साहित्य क्षेत्रमा बढी चिनिन थाल्नुभएको थियो । उहाँ साहित्य सिर्जना, समीक्षा, भूमिका लेखनमा क्रियाशील हुनुहुन्थ्यो । यस क्षेत्रमा लब्ध प्रतिष्ठित ब्यक्तिको निधनबाट अपूरणीय क्षति भएको छ । साहित्य संसारले शालीन अभिभावक गुमाएको छ,” लामिछानेले भने ।

शहीद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवालीले बालकृष्ण भट्टराईको निधनले भैरहवाको शैक्षिक, साहित्यिक, बौद्धिक र प्राज्ञिक क्षेत्रमा एक किसिमको शुन्यता आउने बताए । उनको निधनले अपूरणीय क्षति भएको छ । शालीन, भद्र, समन्वयकारी भूमिका गर्ने, सबै बर्गलाई समेटेर काम गर्ने गर्नुहुन्थ्यो । भैरहवाबासीका लागि सबैको आदरणीय ब्यक्तित्व हुनुहुन्थ्यो ज्ञवालीले भने ।

सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले क्रियाशील र अत्यन्तै प्रतिभावान ब्यक्ति बालकृष्ण भट्टराईको निधनले नेपाली साहित्य र भाषा जगतलाई क्षति भएको बताएका छन । भट्टराई भन्छन “साहित्य सीर्जनामा पर्याप्त क्षमता थियो । उत्कृष्ट छन्द कविता लेख्नुहुन्थ्यो । लेखन प्रशस्त भएरपनि प्रकाशन कम भए । प्रतिभालाई साधनामा लगाउन सकेको भए महाकाब्य समेत आउन सक्थ्यो ।”

भट्टराई भन्छन, सदैव उहाँ सरल स्वभावको ब्यक्ति हुनुहुन्थ्यो । अरूलाई उत्प्रेरीत गर्ने उहाँ उत्प्रेरणाको स्रोत हुनुहुन्थ्यो । सङ्ग्रहलाई प्रकाशन गर्ने तिब्र इच्छा हुँदा उहाँका सपना अधुरै रहे । अत्यन्तै मिलनसार, साधना गर्ने, मृदुभाषि आँखामा राखेरपनि नबिजाउने ब्यक्ति हुनुहुन्थ्यो ।
सिर्जनशील साहित्यिक समाज (सिसास)का अध्यक्ष कमल पोख्रेल बालकृष्ण भट्टराई सबैको आदरणीय, प्रीय ब्यक्ती भएको बताउँछन् । “सबैभन्दा बढी उहाँमा शालीनता, बौद्धिकता बढी थियो उहाँले सबैप्रति समभाव राख्ने, सबैका प्रेरणाका स्रोत, लाखौँ विद्यार्थीका आँखाका ताराको निधनले समग्र रूपन्देहीलाई क्षति पुगेको छ” पोख्रेलले भने ।

बालकृष्ण भट्टराई उच्च माध्यमिक शिक्षा परिषदको सदस्य सचिव, भैरहवा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख (१६ वर्ष सम्म), सिद्धार्थ साहित्य परिषदको पूर्व अध्यक्ष तथा सल्लाहकार,रूपन्देही क्याम्पसको सञ्चालक समितिको उपाध्यक्ष, प्रश्रित प्रतिष्ठान नेपालको सल्लाहकार, सिर्जनशील साहित्यिक समाज (सिसास) को संस्थापक सल्लाहकार लगायत संघ संस्थामा आबद्ध रहेका थिए । भट्टराईका नीतिका कुरा, प्रस्थान गर्नुअंघि, समीक्षा वलि कृति प्रकाशन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?