© 2026
बुटवल, २५ बैशाख ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२४—२०२५ को लागि नयाँ नेतृत्वको निर्वाचन आइतबार भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा भुपेन्द्र अर्याल निर्वाचित भएका छन् ।
१५ जना नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन जिसी, द्वितीय उपाध्यक्षमा ढकेश्वर भट्टराई, तृतीय उपाध्यक्षमा किरण कुमार केसी, सचिवमा रामबहादुर शाही, कोषाध्यक्षमा गोकुल तिवारी, पि.आर.ओ पिताम्बर अर्याल, सह–सचिवमा अब्दुल सलामत चयन भएका हुन् ।
यस्तै सह–कोषाध्यक्षमा कृष्ण घर्ती, निर्देशक हेल्थ डा.अन्जनी बर्नवाल, विजय प्रधान, सन्तोष गुप्ता, टेल—ट्वीटर नविन पन्थी, टेमरमा कमलेश कसौधन निर्वाचित भएको निर्वाचन आयुुक्त विजय बर्नवालले जानकारी दिए ।
लायन्स ३२५ वि पि नेपालका इलेक्ट द्वितीय भाईस डिष्ट्रिक गभर्नर तथा संस्थापक अध्यक्ष सन्दिप कसौधनले नवनिर्वाचित पदाधिकारीहरलाई शुभकामना दिदै सामाजिक काममा लायन्सकै ईतिहासमा गौरवपूर्ण काम गर्ने अपेक्षा समेत व्यक्त गरे ।
यस्तै कार्यक्रममा पूर्व अध्यक्ष सिनियर डिष्ट्रिक एडभाइजर आशिष कृष्ण श्रेष्ठले क्लवको गरिमा अझै बढाउनको लागि नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । कार्र्यक्रममा बोल्दै पूर्व अध्यक्ष तथा इलेक्ट जि एस टि एम एल पाण्डे, पूर्व अध्यक्ष तथा इलेक्ट एरिया को चिफ दिपक भट्टराई, पूर्व अध्यक्ष तथा इलेक्ट जोनचेयर पर्सन एन्जील खानले क्लवलाई सबैसंगको हातेमालो समेत आवश्यक रहेको भन्दै सोही अनुसारको काम क्लवले अगाडि बढाउनेमा विश्वास व्यक्त गरे ।