Butwal Today

सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा

२५ बैशाख २०८१, मंगलवार
अ+
अ-

काठमाडौं,२५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई मात्रै केन्द्रीत गरेर सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउने कुरामा आफूहरू सहमत हुन नसक्ने निर्णय गरेको छ । रास्वपाले देशभरका सहकारीको छानबिन गर्नका लागि मात्रै संसदीय छानबिन समिति बनाउने कुरामा सहमत हुनसक्ने निष्कर्ष निकालेको हो । मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय समितिको बैठकमा कुनै व्यक्ति केन्द्रीत भएर छानबिन समिति बनाउने कुरामा सहमत हुन नसक्ने निष्कर्ष निकालेको सांसद मनिष झाले बताए ।

आजको बैठकमा बजेट अधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल भएको उनले बताए।
सरकारले आगामी वैशाख २८ गतेलाई बर्खे अधिवेशन बोलाएको छ। सो बैठकअघि रास्वपाले मंगलबार बिहान सांसदहरूसँग छलफल गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?