ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

दल विभाजनको श्रृंखला कहिलेसम्म ?

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

नेपालको राजनीतिमा दल टुटफुटको पछिल्लो उदाहरण जसपा नेपाल बनेको छ । आईतवारमात्रै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा विभाजन भएको छ । पार्टीका बरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको छ । यद्यपि दल विभाजनले देशलाई हित गर्दैन । कुनैपनि दल बिभाजित हुँदा त्यसको धेरथोर असर देशलाई परेकै हुन्छ । विगतमा भएका दल टुटफुटका धेरै उदाहरण साक्षी छन । केन्द्रीय राजनीतिमा जसपाभित्र विभाजन देखिएपछि लुम्बिनी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको छ । जसपाका लुम्बिनी प्रदेश संसदीय दलका नेता भण्डारीलाल अहिर अशोक राईतर्फ खुलेपछि गुमेको कृषि तथा सहकारी मन्त्रालयमा पदबहाली भएका छन । दल टुटफुटले कसैलाई सत्तामा पु¥याएको छ भने कसैलाई सत्ताबाट बाहिर पु¥याएको छ । त्यसकारण दल विभाजनको असर किमार्थ राम्रो होइन । जसपाभित्र मात्र होइन नेपालका ठूला राजनैतिक दलबीचमा पनि अविश्वास, वैरभाव एवं गतिरोध यथावत नै छ । दलहरूमा देखिएको बेमेल एवं असहमतिले बेलाबेलामा मुलुक गतिरोधको अवस्थामा पुग्ने गरेको छ । दलहरूवीचको बढ्दो बैमन्स्यता, अन्तरपार्टी कलह आदि कारण मुलुकको विकासमै बाधा पुगिरहेको छ । त्यसै त विकास बजेट खर्च हुन नसक्दा मुलुकको आर्थिक विकासमा बिलम्ब भैरहेको छ । सुन्दर, शान्त, समृद्ध नेपालको साटो भद्रगोल अथवा भावी नेपालको चित्र भयावह देखिँदैछ । मुलुक अनेकथरिका समस्याबाट घेरिएर प्रतिदिन सङ्कटोन्मुख दिशातिर लम्कँदैछ । मुलुकको नीति निर्माण तहमा रहेका राजनीतिक दल र तिनका अगुवाहरू दायित्व निर्वाह गर्न चुकिरहेका छन । नेताहरूले जनमुखी राजनीतिप्रति आफ्नो इच्छाशक्ति प्रकट गरेको पाइँदैन । यसको एकमात्र कारण स्वार्थपरक राजनीति नै हो भन्न अब कति हिचकिचाउनु पर्दैन । आपसी प्रतिद्वन्दिता, आवेश र निषेधले बेमेल उत्पन्न भएको छ । हाम्रा नेतागणले उज्यालो बाटो हिँड्नुको साटो अलग अलग बाटो समात्दा मुलुकको भविष्य अँध्यारो देखिदैछ ।

नेपाली राजनीतिको निर्णायक शक्ति मानिएका जनतालाई नेताहरूका गैरजिम्मेवार अभिव्यक्ति र काम कारबाहीले निरास वनाएको छ । यसबाट दल र तिनका नेताले जनतासामु आफूलाई विश्वस्त बनाउन नसकेको प्रमाणित हुँदैछ । नेताको सङ्ख्या अवश्य पनि धेरै छ तर पनि राजनेताको कोटीमा उभ्याउन सकिने बिरलै देखिएका छन । राजनेतामा हुने गुण, योग्यता र क्षमताको अभाव मुलुकमा देखापर्दैछ । यसले आम नागरिकमा राजनीतिक दल तथा तिनका नेताप्रति निराशा, आक्रोश र घोर बितृष्णासमेत बढाउँदै लगेको भान हुँदैछ । राजनीतिमा सत्ता, पद एवं प्रतिष्ठाको चाहना राख्नु स्वाभाविक हो । राजनीति गर्नेहरूमा यस्तो अभिलाषा रहन्छ तर मुलुक र जनतालाई पहिलो प्राथमिकतामा राख्न नसक्नु कमजोरी ठान्नैपर्दछ । नेताहरूका क्रियाकलाप सत्ता, पद र प्रतिष्ठा नै प्राथमिकतामा रहेकाले अर्थात् अति महत्वाकाङ्क्षी भएका कारण मुलुकको राजनीति उद्देश्यविहिन एवं दिशाहीन हुन पुगेको तथ्य घाम झै छर्लङ्ग हुँदै गएको छ ।

पछिल्लोसमय नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ । नेकपा माओवादी केन्द्रले देश घुमाईरहेको छ । मधेशवादी दलहरू सत्तासीन हुन तछाँडमछाँड गर्दैछन् । अरू साना दलहरूले आफै आफ्नो भूमिका कमजोर वनाउँदैछन् । यस्तो बेला अन्तर पार्टी सम्वन्धलाई मजबुत वनाउनेतर्फ दलहरूको ध्यान जानु जरुरी छ । तर, त्यो असम्भव छ । किनभने दलहरू एकले अर्कोको अस्तित्व स्वीकार गर्नै चाहँदैनन् । सत्ताको वरिपरी नाच्ने बानी सवैलाई परिसकेको छ । विगतमा सत्ताकै लागि दल विभाजन भएको इतिहास रहेकोले दल विभाजन गरेर सत्तामा पुग्ने काम किमार्थ राम्रो होइन । यसतर्फ दलहरूको ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?