Butwal Today

 तोलामा आठ सय रुपैयाँले बढ्यो सुन

२५ बैशाख २०८१, मंगलवार
अ+
अ-

काठमाण्डौ ।

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार छ सय ७५ रुपैयाँ कायम भएको छ ।