ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

बुटवल ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नं.७ जुनियामा निःशुल्क १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाज रुपन्देहीको आयोजना तथा खत्री नर्सिङ होम बुटवल र क्रिमसन अस्पतालको प्राविधिक सहयोगमा भएको शिबिरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएको समाजका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए ।

शिविरमा भिडियो एक्सरे, इसिजी सेवा, नशा तथा मनोरोग, हाडजोर्नी, जनरल, रगत जाँच, सामान्य चेकजाँच र औंषधी वितरणको सेवा प्रदान गरिएको थियो । फेमली फिजिसियन डा. ढकबहादुर खत्री, नशा तथा मनोरोग विशेषज्ञ डा.सन्दिप शर्मा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शेखर प्रसाद पोख्रेल, जनरल फिजिसियन डा. कृष्ण चन्द गोदार, मेडिकल अधिकृत डा. यादव अर्याल र मेडिकल अधिकृत डाक्टर विपिन ढकालले स्वास्थ्य सेवा दिएका थिए ।

शिविरको शुभारम्भ गर्दै सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले गरिएको कार्यक्रम सह्रानीय भएको बताए ।

समाज परिवर्तनका निम्ति स्थानिय सरकारको प्रयासले मात्र सम्भव नहुने बताउँदै निजी तथा सार्वजनिक संघ संस्थाबाट पनि सहयोग सहकार्य अपरिहार्य रहेको बताए ।

खत्री नर्सिङ होमका डा. डिबि खत्री, क्रिमशन अस्पतालका डा. डा. शेखर प्रसाद पोख्रेलले आफुहरुले समय समयमा सजिलै स्वास्थ्य सुबिधा उपलब्ध नभएका ग्रामीण भेगमा स्वास्थ्य शिविर आयोजना गरिरहेक बताउँदै आफुहरु शिविरहरु मार्फत निरन्तर रुपमा सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, सत्यवती ७ का वडा अध्यक्ष लोकबहादुर बुढाथोकी, वडा नं. ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली, मानव अधिकार तथा शान्ति समाज रुपन्देही एवं चिदिपानी तिलोत्तमा समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराई (खिम), जुनिया माविका प्रधानाध्यापक केशव भट्टराई, समाज कोषाध्यक्ष ओमप्रकाश भण्डारी लगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष सुरेश थापा, सचिव खिम खत्रीलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?