Butwal Today

तोलामा दुई सय रूपैयाँले बढ्यो सुन

२४ बैशाख २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ।

आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १६ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ