Butwal Today

अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय

२४ बैशाख २०८१, सोमबार
अ+
अ-

काठमाडौं,२४ बैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा०बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।

राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । सोमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो । तर एकजना सांसदले संस्थापन पक्ष नै रोजेका छन् ।