Butwal Today

रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा

२३ बैशाख २०८१, आइतबार
अ+
अ-

बुटवल,२३ बैशाख । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल ले चितवनमा डिष्ट्रिक टिम ट्रेनिङ सेमिनार सम्पन्न गरेको छ ।
सेमिनारमा रोटयाक्ट डिष्ट्रिकको आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गर्दै बार्षिक कार्ययोजना निमार्ण गर्दै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए । दुई दिनसम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रिक मेम्बहरुको सहभागितामा सम्पन्न भएको क्षेत्रीले बताए। सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवामैत्री कार्यक्रमाहरु सन्चालन गर्ने गरि कार्य योजना निर्माण गरेको बताए ।
कार्यक्रममा बोल्दै रोटरि डिष्ट्रिक २०२४–२५ का डिष्ट्रिक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि गरेका कामहरुको प्रसंसा गरे । डिष्ट्रिकले अव नया कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताए। धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेश मै रोजगारि सिर्जना गर्ने खालका बिभिन्न सिपमुलक तालिमहरु सन्चालन गनुपर्ने बताए। यसको लागि रोटरि डिष्ट्रिकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे
कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।
सेमिनारमा रोट्र्याक्ट डिष्ट्रिक डि आर आर रोसन कार्कि, सौगात गौतम,सुरज पौडेल,नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे,सुविन खडका लगायतले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?