ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम

२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार

लुम्बिनी, बैशाख २२ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गाडी र साडि मात्रै वेचेर मुलुक नबन्ने बताएका छन् । मोर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङ भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दावी गरेका हुन् ।

उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजादा सम्म मुलुक अगाडि बढन नसक्ने बताए । अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भईरहेका छनु महासचिव भुसालले भने अब नेपाल राष्ट्रिय पुजीकोविकास गरेर समाजवादमा जाने नीति लिएका छौं ।  उनले रोजगारी सृजाना गर्दै मुलुकमा १० बर्षभित्र राष्ट्रिय पुजीको विकास गर्नुपर्ने बताए । नेपालमा कम्यूनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर अहिले दलाल पूजीबाद रहेकाले त्यससंग जुध्न राष्ट्रिय पुजीको विकास गर्नुपर्ने बताए । महासचिव भुसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरि नीति बनाउने समेत बताए । उनले अहिले देशमा उद्योग धन्दा धारासायी भएको र निजि क्षेत्र उत्साही हुन नसकेको बताउँदै यसको कारण दलहरूमा वैचारिक अस्पष्टता रहेको बताए । उनले अब उद्यमेगधन्दालाई प्रोत्साहन गर्दै त्यस्ता उद्योगलाई विद्युत, कर लगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए ।

०६२ – ६३ सालको जनक्रानितले समान्तवाद समाप्त पारेको बताउदै अबको बाटो राष्ट्रिय पुजीको विकास गरी रोजगारी सृजना गर्नमा केन्द्रीत हुनुपर्ने उनले जोड दिए । नेपालका कम्यूनिष्ट पार्टीहरू वैचारिक रूपमा अलमलमा रहेकाले आफुहरूको महाधिवेशनको दस्तावेजले हलचल ल्याउने बताए । उनले आफुहरूको विद्रोह संसद विघटनसंग मात्रै नजोडिएको बताउदै केपि ओलीसंग वैचारिक र सैद्वान्तिक मतभेद पहिल्यैदेखि रहेको बताए ।
उनले आफुहरूको महाधिवेशन समयमै हुने समेत बताए । महाधिवेशनको दस्तावेजले कम्यूनिष्ट पार्टीहरूमा हलचल ल्याउने समेत बताए । उनले अहिले बनेको गठबन्धनमा अस्तित्व सहित आफुहरू सहभागी भएको बताए । जनता र राष्ट्रका मुद्वामा संगैसगै हुने भएकाले सरकारका गएको समेत उनले बताए । उनले काँग्रेससँगको गठबन्धनमा बस्दा पुच्छर बनेको भन्नेहरूले फेरि एमालेसंग मिल्दैछन भनेर हल्ला फैलाएको बताए । उनले अहिले कुनै पनि दलसंग एकता नहुने बताए ।
प्रशिण कार्यक्रममा नेकपा एकीकृत समाजवादी का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्च हरी पराजुलीले जनताका आधारभूत बिषयमा कार्यकर्ता केन्द्रित हुन आग्रह गरे । उनले समाजमा किसान, मजदुर, दलित, महिला तथा उत्पिडित समुदायका मुद्वामा उठाउन समेत उनले आग्रह गरे । यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेयले कम्यूनिष्ट आन्दोलनमा देखिएको निराशशालाई अब आफुहरूले आशामा परिणत गर्ने बताए । उनले २०७५ सालसम्म कम्यूनिष्ट बहुमत रहेकोमा एमालेका कारण त्यो घटेको समेत बताए । उनले महाधिवेशनले स्पष्ट नीति र बाटो तय गर्ने भएकाले भ्रममा नपरी संगठन निर्माणमा जुटन नेतम कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश बृहस्पति अधिकारी,सचिव अशोक कोईराला,मोर्चा संगठन लुम्बिनीका ईन्चार्ज अब्दुल हुसेन खाँ, पार्टि रूपन्देहीका अध्यक्ष श्रीराम यादव, अखिल नेपाल महिला संघ समाजवादी लुम्बिनि अध्यक्ष लक्ष्मी भुसाल लगायतले बोलेका थिए । उक्त अवसरमा लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि भगवती अधिकारीलाई मन्त्री भएकोमा सम्मान गरिएको थियो ।
बैठकमा नेकपा एसका विभिन्न जनवर्गिय संगठनका प्रदेश अध्यक्ष एव प्रतिनिधिहरूले रिपोर्ट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?