ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी !

२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार

लमही, २० बैशाख । राजपुर गाउँपालिकाको वडा नम्बर ७ स्थित हाडवास गाउँमा गत बैशाख १६ गते दिउँसो भएको भिषण आगलागिबाट पीडित परिवार खुल्ला आकाश मुनि बस्न बाध्य छन् । आगालागीबाट २३ घर र गोठ समेत जलेर खरानी भएका थिए । पीडितहरू त्रिपाल र खुल्ला आकाश मुनिको बास बस्न बाध्य रहेका छन् । खानेपानीको पाईप जलेपछि पीडितहरूलाई खानेपानीको समस्या समेत भएको छ । हावाहुरीको समयमा खुल्ला आकाश र त्रिपालमुनिको वासले निकै कठिनाई ब्यहोर्नु परेको पीडितहरूको गुनासो छ ।

बस्ने वास छैन, खाने गास छैन न पिउने पानी नै छ कन्तबिजोग ब्यहोरेर दिन काटेका छौं, सरकार हामीलाई आवास बनाईदिनु पर्यो–स्थानीय अग्निपिडीत टेकबहादुर डाँगीले भने । आगोले घरमा भएका लत्ता कपडा, खाद्यान्न,काठपात, कागजपत्र, पैसा र गरगहना सबै खाइदियो । बर्षभरी खाने राशन जल्यो, बस्ने घर सम्म बनाउन पाए त मजदुरी गरेरै भएपनि ज्यान पाल्ने थियौं । हामीलाई बस्ने बास छिट्टै चाहियो सरकार समक्ष कुरा पर्याईदिनु पर्यो–अग्निपिडित टुकनाथ योगिले भने । घर सबै जलेर खरानी भयो, गाउँ नै आगोले बिस्थापित गरायो । हामीलाई आवासको ब्यवस्थापन भए विस्तारै सबै समस्या हल हँुदै जान्थ्यो–सोहि गाउँकै अग्निपिडित सिता भण्डारीले भनिन । सरकारका निकायहरू र संघसंस्थाहरू सबै मिलेर हाम्रो वास बनाईदिनु पर्यो ।

राजपुर–७ को हाड्वास गाउँमा अगालागी भएपछि सिंगो गाउँ नै बिस्थापित भएको छ । सरकारका निकायहरू र केहि संघसंस्थाले खाद्यान्न राहात सहयोग गरेपनि आवास निर्माण गरि अग्निपीडितहरूको पुनस्र्थापनाका लागि नगद राहात आवश्यक भएको छ–वडा अध्यक्ष पुष्कर वलीले भने । खानेपानीको पाईप जलेपछि अग्निपिडितहरूलाई खानेपानीको समस्या भएको छ । अपांगता भएका नागरिक, गर्भवती महिला र जेष्ठ नागरिकहरू बिरामी हुने संभावना छ, उनीहरूलाई गाह्रो परिरहेको छ–अध्यक्ष वलीले भने । अगालागी भएपछि यहाँ आउने राहात सामग्रीको ब्यवस्थापन तथा वितरण गर्न म लगातार गाउँलेहरूसंग खुल्ला आकाशमै रात बिताएको छु । एकद्वार प्रणालीबाटै राहात वितरण भैरहेको छ । अब पीडितहरूको आवास निर्माणका लागि गाउँपालिकाबाट जस्तापाता र सामुदायिक वनबाट काठपातको जोहो गर्दै छौं उनले भने ।

त्यसो त राजपुर गाउँपालिकाले उनीहरूको पुनस्र्थापना गर्न आवास निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने र अन्य क्षेत्र र संघसंस्थाहरूलाई पनि सहयोग गरिदिन आग्रह गरेको गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी बताउँछन । खानेपानी ब्यवस्थापनका लागि पनि हामीले बजेट छुट्टाएर काम सुरु गर्ने तयारीमा छौं–अध्यक्ष बुढाथोकीले भने ।

होटल ब्यवसायी संघद्वारा राहात वितरणः

अग्निपीडितहरूलाई तत्कालको समस्या समाधान गर्न बिभिन्न सरकारका निकायहरू र संघसंस्थाहरूबाटनगद तथा जिन्सी राहात जुट्ने क्रम जारी रहेको फिल्डमै खटिएका राजपुर–७ का वडा अध्यक्ष पुष्कर वलीले जानकारी दिए । यसैबिच गढवा होटल ब्यवसायी संघले सोही स्थानमा पुगी २० हजार १ सय नगद राहात प्रदान गरेको छ ।

अग्निपिडितहरूलाई एकद्वार प्रणालीबाट गरिएको राहात सहयोगमा लमही नगरपालिकाले १ लाख २५ हजार उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको छ भने गढवा होटल ब्यवसायी संघले २० हजार, गोर्खा स्कूल लमहीले ३५ हजार, देउखुरी उद्योग बाणिज्य संघले १ लाख ५ हजार ९ सय पाँच, नेपाल औषधि ब्यवसायी संघले ४० हजार, स्वर्गद्धारी कश्यप सेवा समाजले ७८ हजार १ सय, समाजसेवी कमान सिंह खड्काले ३० हजार र पलबहादुर वलीले २० हजार नगद तथा जिन्सी सहयोग गर्नुभएको छ भने नेपाल रेडक्रस सोसाईटी, लालमटियाको क्लब, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र लगायतका संस्थाहरूले जिन्सी राहात उपलब्ध गराएको बताईएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?