ट्रेंडिंग:

>> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा
एकल महिला जवर्जस्ती करणी प्रकरण

पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन

२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार

बुटवल, २१ वैशाख ।

भैरहवामा एकल महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले पैसाको प्रलोभनमा मुद्दा प्रभावित पार्न खोजेको पीडितले गुनासो गरेका छन् ।

आफूविरुद्धको मुद्दा प्रभावित पार्न अभियुक्त सिद्धार्थ गुरुङ प्रहरी र सरकारी वकिलको सेटिङमा लागेको पीडितको गुनासो छ ।

अभियुक्त बुटवल–११ निबासी ३६ वर्षीय गुरुङले पीडित महिलालाई साढे ३ वर्षदेखि विश्वासमा लिई सबै सम्पत्ति समेत आफ्नो नाममा गराएको र करिव ५ करोड रकम समेत लगेको पीडितको गुनासो छ । पटकपटक आफ्नो कोठामा आएर जवर्जस्ती गर्ने र त्यसको भिडियो खिचेर बारम्बार ब्लाकमेलिङ गरी आफ्नो बदनाम गर्न खोजेपछि पीडित महिला न्यायको लागि प्रहरीकहा पुगेकी हुन् ।

पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभियुक्त गुरुङलाई वैशाख ६ गते पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । यद्यपि अभियुक्त गुरुङ भने उपचारको बहानामा भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् । प्रहरीले अनुसन्धानका लागि भन्दै तीन पटक गरेर १९ दिन म्याद थप गरिसकेको छ ।

सामान्यतयाः जबरजस्ती करणीको अभियोग लागेकालाई सरकारी वकिलले अभियुक्तका नातेदारलाई भेट्ने प्रचलन नभएको तर यो घटनामा अभियुक्तले सरकारी वकिलसँग भेट गरेको पीडित महिलाको गुनासो छ ।

एकल महिलालाई जवर्जस्ती करणी गर्ने गुरुङ पहिले नै विवाहित हुन् । पीडित महिलाले सिद्धार्थले आफ्ना केही निजी फोटो र भिडियो गोप्य रुपमा खिचेको आरोप छ । सोही भिडियो र तस्बिर देखाउँदै उनले वर्षौंदेखि आफ्नो स्वार्थ पूरा गरेको महिलाले बताइन् ।

सबैथोक मानेपछि पनि आफ्नो तस्बिर र भिडियो डिलिट नगरेकाले आफूले प्रहरीकोमा उजुरी दिएको पीडित महिलाको भनाई छ । सिद्धार्थले खोलेको वैभव लक्ष्मी इन्टरनेशनल कम्पनी पनि महिलाको सम्पत्ति बेचबिखनपछि सञ्चालनमा ल्याएका उनले भसुधारा निर्माण सेवा चलाउँदै आएका छन् । बुटवलमा इटल्ली मोमो पसल र गाउँले चुल्हो समेत महिलाकै सम्पत्तिमा जोडेको बताइएको छ ।

सिद्धार्थको पहिलेकी श्रीमतीबाट समेत एउटी छोरी छन् । विवाहित पुरुषले एकल महिलालाई पहिले दिदीको साइनो लगाएका थिए भने त्यसपछि साथीको रुपमा व्यवहार गर्ने गरेका थिए । श्रीमतीको हैसियत दिएपछि सम्पत्ति आफ्नो नाममा बनाएर सम्पर्कबाट टाढिन थालेको महिलाको भनाई छ ।

यता, रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले कसैले चाहँदैमा मुद्दा प्रभावित नहुने बताए । “पीडित महिलाले दिएको जवर्जस्ती करणीको मुद्दामा अनुसन्धान चल्दैछ, अनुसन्धान सकेर मुद्दा अदालतमा जान्छ, कसैले चाहँदैमा मुद्दा प्रभावित हुन सक्दैन”–उनले न्युज बुटवल टुडेसँग भने ।

सरकारी वकिल कार्यालयका प्रमुख यज्ञ ज्ञवालीले भने पीडिकलाई भेटेको विषयमा अनभिज्ञता प्रकट गरे । “यहाँ हजारौं मुद्दा आउँछन्, कुनै मुद्दाका पीडकसँग पनि भेटेर बयान लिनुपर्ने हुन्छ, भेट्दै नहुने भन्ने हुँदैन”–उनले भने, “जहाँसम्म एकल महिलालाई जवर्जस्ती करणीको मुद्दामा पीडकलाई भेटेको जुन आरोप छ, त्यो बारेमा थाहा भएन ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?