ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी

२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँ ।

विश्वासको मत लिने प्रयोजनाका लागि शुक्रबार बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित हुने भएको छ। दलहरूबीच सहमतिको प्रयास असफल भएपछि सभामुख भीम भण्डारीले शुक्रबार साँझ ५ बजेका लागि बोलाइएको बैठक स्थगित गर्ने तयारी अघि बढाएका हुन्।

अर्को बैठक कहिले राख्ने भन्नेबारे सभामुख भण्डारीले अहिले छलफल अघि बढाएका छन्। यद्यपि, मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता गठबन्धनकै दलहरूको साथ नमिल्ने भएपछि विश्वासको मतको कार्यक्रम स्थगित हुने भएको हो।

सभामुख निकट स्रोतले भन्यो, ‘यहाँ सहमतिको अधिकतम प्रयास गर्दा पनि सफल हुन सकेको छैन, अब बैठक स्थगित गर्नेबारे छलफल चलिरहेको छ।’

शुक्रबार प्रदेश सभा बैठकअघि बस्ने भनिएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन। बिहान ८ बजे तय भएको बैठक दिउँसो २ बज्दा पनि बस्न सकेन।

सत्तारुढ दल नेकपा एमालेको अडानले सोडारीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित बनेको हो।

नेकपा एमालेले शुक्रबार विश्वासको मत नदिने अडान लिइरहेको छ। ६ वैशाखमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी संघीय सरकारको सत्ता घटक गठबन्धनका तर्फबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।

५३ प्रदेश सभा सदस्य रहेको  सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। सत्तारुढ गठबन्धनको साथ रहेमा मुख्यमन्त्री सोडारीलाई सुविधा सम्पन्न बहुमत छ।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फ उपचुनावमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएपछि सत्तारुढ गठबन्धनलाई झनै सहज अंकगणित छ। तर उपचुनावपछि नेकपा एमाले नेकपा एकीकृत समाजवादीसँग चिढिएको छ।

बझाङ उपचुनावमा नजिते पनि एमालेलाई हराउने गरी नेकपा एकीकृत समाजवादी भूमिका खेलेको भन्दै दुईबीच अविश्वासको दूरी बढेको हो। त्यहाँ नेकपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको थियो। यद्यपि उनले धरौटी पनि जोगाउन सकेनन्।

केन्द्रमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच बझाङ उपचुनावमा एमालेलाई सघाउने सहमति भएको दाबी छ। तर यसविपरीत नेकपा एकीकृत समाजवादी त्यसको विरोधमा लागेको एमाले नेताहरूको दाबी छ।

अहिलेकै अवस्थामा एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत नदिने पक्षमा एमाले छ।

सोडारी नेतृत्वको सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जितापक्षीय सांसदद्धय कैलाश चौधरी र टीका थापालाई नाउपाको संसदीय दलले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

रेशम पक्षको बाहुल्य रहेको संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौँराले दुवै सांसद नाममा छुट्टाछुट्टै पत्र लेख्दै ह्विप जारी गरेका हुन।

उनीहरु दुवै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?