Butwal Today

पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता

२० बैशाख २०८१, बिहीबार
अ+
अ-

तिलोत्तमा, २० वैशाख ।

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले पामिर इन्टरनेशल एकेडेमी तिलोत्तमा–२ का विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले उक्त विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि वित्तीय साक्षरता प्रदान गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।

डिजिटल बैंकिङ र समग्र वित्तीय साक्षरताबारे विद्यार्थीहरुका लागि जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रममा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकमा कार्यरत नारायण न्यौपाने र मनोज पौडेलले विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेका थिए ।

युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगारको सिर्जनाका आधार, उद्यमशीलताको विकास, आयस्तर अभिवृद्धिसहितका विषयलाई जागरण गराउन अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।