ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री

२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार

बुटवल, २० वैशाख ।

नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो भेला तथा अधिवेशन बुधवार बुटवलमा सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संगठनका ईन्चार्ज टेक बहादुर बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि यातायात व्यवसाय क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भएता पनि संघीयता स्थापना भएपछि भने व्यवसायीहरुमा थप कानुनी जटिलताहरु थपिदै गएको बताउँदै त्यस्ता जटिलताहरुको समाधान गर्नका लागि व्यावसायिक संस्थामा आवद्ध भएकाहरुलाई एकतावद्ध र एकढिक्का बनाई संगठितरुपमा सरकार र सरोकारवाला निकायसँग सङ्घर्ष र सहकार्य गर्न आवश्यक रहेको बताए ।

पछिल्लो समय संगठन भित्रका अन्तरविरोधहरुलाई मिलाउँदै अहिले भएका २ महासंगलाई एउटै बनाउने अभियानमा लागेको भन्दै यसका लागि सबै व्यवसायीहरुले हातेमालो गर्नुपर्नेमा जोड दिए । यातायात व्यावसायीहरुले दिने सेवा सुविधालाई परिस्कृत बनाउँदै लैजानु पर्ने बताउँदै भाडादरमा एकरुपता ल्याउन वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्नेमा जोड दिदै ब्यावसायिक कानुनी झमेलाहरुलाई हटाउँदै अब यातायात व्यवसायी मैत्री कानुन बनाउन सरकारलाई दबाब दिनुपर्ने बताए । समयले सम्झौता नगर्ने भएकाले समयमै हरेक गतिविधि टुङ्गाएर बजारमा सकरात्मक प्रभाव छोड्न र व्यवसायीहरुलाई कामप्रति उर्जा दिन संगठनले पहल गर्नुपर्ने बताए ।

संगठनका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले व्यावसायिक हक हितका लागि संगठनको आवश्यकता हुने गरेको भन्दै श्रमजीवी वर्गको उत्थानका लागि सदैव संगठन अग्रस्थानमा रहेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक नारायण जिसी, डा.डोलनाथ खनाल, खेमनारायण पराजुली, सरोज कुमार खनाल, संस्थाका अध्यक्ष अध्यक्ष जितेन्द्र खत्री, रामलाल खनाल लगायतले बोल्दै व्यासायिक हक हितका काम गर्दा एक्लैको प्रयास सम्भव नहुने हुँदा विचारमा एकता हुँदै संगठनमा आवद्ध भई हरेक व्यवसायीको मुद्दालाई साझा मद्दद्धा बनाई हक अधिकारको लागि आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।

नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशनको बन्द सत्रले अध्यक्षमा पुनः जितेन्द्र खत्रीलाई चयन गरेको छ भने १९ सदस्यीय प्रदेश कार्यसमिति निर्माण गरेको छ ।

जसको उपाध्यक्ष चन्द्रमान श्रेष्ठ, रवि प्रसाद कर्माचार्य, सचिव रामलाल खनाल, कोषाध्यक्ष कमल श्रेष्ठ, सदस्यहरुमा भोजराज पन्थी, सुनिल नेपाली, मन बहादुर कामी, केशवराज घिमिरे, विनोद गौतम, दिप प्रकाश गौतम, टंकनाथ बस्याल, शिवशंकर थारु, राम कृष्ण पाण्डे, विष्णु प्रसाद पोख्रेल, सुनिल गौतम, विष्णु अर्याल, सफल बुढा मगर र कन्यौया राज थारु रहेका छन् । साथै १२ जिल्लालाई चलायमान बनाउन जिल्ला संयोजकको जिम्मेवारी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?