Butwal Today

वाणगंगामा श्रीमान-श्रीमती मृत फेला

१९ बैशाख २०८१, बुधबार
अ+
अ-

कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन्।

बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेका थिए। ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी थिइन्।

श्रीमतीको शरीरका विभिन्न भागमा चोट देखिएको छ। बिहान घरमा दूध लिएर गएका व्यक्ति श्रीमान्लाई झुन्डिएको देखेपछि गाउँले र आफन्त जम्मा भई प्रहरीलाई खबर गरेका थिए।

जिल्लाबाट डीएसपी हरिबहादुर वली नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।