Butwal Today

वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य

१९ बैशाख २०८१, बुधबार
अ+
अ-

बुटवल,१९ बैशाख । टी २० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज एले  नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो ।

वेस्ट इन्डिज एका लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । उनी ११९ रनमा अविजित रहे ।

आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एक एक विकेट लिए । यसअघिका दुई खेलमा एक खेल नेपालले र एक खेल वेस्ट इण्डिजले जितेका थिए ।