Butwal Today

लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

१९ बैशाख २०८१, बुधबार
अ+
अ-

लमही, १९ वैशाख ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त भएका छन् । अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

घोराही उपमहानगरपालिका–१२ निवासी गौतम आर्थिक क्षेत्रको विज्ञ मानिन्छन । व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरेका गौतम अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको सचिवालयमा रहेर कार्य अनुभव संगाली सकेका छन ।

यसैबिच गौतमलाई मंगलबार अर्थमन्त्री चेतनारायण आचार्यले मन्त्रालयमा स्वागत गरेका छन् ।