Butwal Today

कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु

१९ बैशाख २०८१, बुधबार
अ+
अ-

बुटवल, १९ बैशाख।      पातञ्जल योग समिति नेपाल लुम्बिनी प्रदेश अन्तर्गत बुटवल नगर कमिटीले कालिकानगर शिवालय मन्दिरमा योग तथा पुनर्ताजगी तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगर पालिकाका उपमेयर साबित्रा अर्यालले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपमेयर अर्यालले योगले मानिसलाई स्वस्थ बनाउने बताइन् ।

कार्यक्रममा वार्ड न ११ का अध्यक्ष रामचन्द्र क्षेत्री,वार्ड ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठ , योग समिति नगर अध्यक्ष सुमित्रा मल्ल ठकुरी, नगर सचिव इन्दिरा बेल्बासे, योग प्रशिक्षक डा. प्रकाश पान्डे तथा पातञ्जल योग समिति रुपन्देही जिल्ला अध्यक्ष लता प्रधान,खिम बहादुर तरामु स्वर्ण पदक बिजेता योग गुरु योग प्रसाद आचार्यले योग, ध्यान तथा प्राकृतिक चिकित्साको महत्वको बारेमा आआफ्नो धारणा राखेका पातञ्जल योग समिति रुपन्देही सचिव चित्र बहादुर बुढाथोकीले जानकारी दिए । योग शिविर बैशाख २८ गतेसम्म चल्ने छ ।