ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

बुटवल, १८ बैशाख । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा दिन मनाईने बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरु भएको छ । संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रूपमा यसलाई भव्यताका साथ मनाउँदै आएको छ । आगामी जेठ १० गते परेको २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस बजेट अभावका कारण बुद्ध जयन्तीको तयारी तिव्र रूपमा अगाडि बढ्न सकेको छैन ।

संघीय सरकारले बुद्ध जयन्तीका लागि प्रत्येक वर्ष छुट्याउँदै आएको बजेट कटौती भएपछि यो वर्ष बुद्ध जयन्तीको तयारीमा ढिलाई भइरहेको छ । संघीय सरकारले बार्षिक रूपमा १ देखि ४ करोडसम्म बुद्धजयन्तीका लागि बजेट छुट्याउने गरेकोमा आर्थिक वर्ष २०८१/८२ मा भने बजेट छुट्याएको छैन ।

कोभिड महामारीपछि २०७९ सालमा २५६६ औं बुद्धजयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा भव्यताका साथ मनाएको थियो । त्यतिखेर संघीय सरकारले ३ करोड बढि बजेट छुट्टाएको थियो । भगवान बुद्धको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा बैशाख पूर्णिमालाई लिने गरिएको र विगतदेखि नै बुद्धजयन्तीलाई उत्सवका रूपमा मनाउने गरिएकोमा यो वर्ष संघीय सरकारले बजेट कटौती गर्दा त्यसले बुद्ध जयन्ती भव्य रूपमा मनाउन चुनौती देखिएको लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टले बताईन । उनले कोषका तर्फबाट व्यवस्थापन गर्ने तयारी भएपनि संघीय सरकारले बजेट नदिँदा भव्य बनाउन कठिन हुने बताइन । लुम्बिनी विकास कोषले प्रशासनिक र अन्य विकासका कामहरू समेत पर्यटकहरूको दान एंव प्रवेश शुल्कको टिकटबाट प्राप्त हुने आम्दानीबाट हुँदै आएको छ ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बुद्ध जयन्तीलाई सरकारले राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्नेमा त्यसो नभएको बताए । संघीय सरकार अन्तर्गत रहेको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्तीका बेलामा ५० लाख, १ करोड नभई पर्याप्त बजेट छुट्टाएर मनाउनुपर्ने उनको सुझाव छ । बुद्धजयन्ती एक दिनका लागि मात्रै नभई कम्तीमा एक हप्तासम्म मनाउनुपर्ने उनले बताए । ‘बुद्धिष्ट देशका राजदूत, कुटनितिक नियोगका प्रमुख, विदेशी पाहुनाहरू ल्याएर मनाउनुपर्छ’ उनले भने –‘झारा टार्ने गरी मनाउनु हुँदैन ।’ उनले साँच्चिकै लुम्बिनीमा बुद्ध जन्मेको हो भनेर छाप छोड्ने गरी बुद्धजयन्ती मनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए । विश्वभरका बौद्ध धर्माम्बलम्बीहरूलाई बुद्ध जयन्तीमा लुम्बिनी आउने वातावरणका लागि सरकारले पर्याप्त बजेट छुट्याएर भव्य कार्यक्रम गर्नुपर्ने उनको भनाई छ । बुद्ध जयन्तीमा विदेशी पाहुनाहरू आउँदा त्यसले स्थानीय होटल व्यवसायीहरूलाई पनि चलायमान बनाउने बताए । बुद्ध जयन्तीमा स्थानीयहरूलाई जोडेर, प्रदेश स्थानीय र संघीय सरकारले संयुक्त रूपमा मनाउन सके त्यसले राम्रो सन्देश दिने अध्यक्ष ज्ञवालीले बताए ।
बुद्धजन्मस्थल लुम्बिनी आएका तीर्थालुहरूले समेत बुद्धजयन्ती तथा लुम्बिनी दिवसको कुनै तयारी नदेख्दा आश्चर्य प्रकट गरेका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवामा अध्ययनरत दाङका नरेश उपाध्यायले तीन सातापछि हुने बुद्धजयन्तीको कुनै पनि तयारी नदेखिदा अचम्म लागेको बताए । उनले बुद्धको जन्मजयन्तीमा विश्वभरका बौद्धमार्गीहरूलाई लुम्बिनी आउने वातावरण बनाउनुपर्ने सुझाव दिए । ‘केही वर्षअघि छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत आएर बुद्धजयन्ती मनाईएको थियो । अब पनि त्यस्तै अन्र्तराष्ट्रिय उच्च ओहोदाका व्यक्ति, विदेशी कुटनितिक निकायका प्रतिनिधि एंव विश्वभरका बौद्धिष्टहरूलाई ल्याउन सके त्यसले लुम्बिनीलाई थप उचाईमा पुयाउन सहयोग गथ्र्यो’ उनले भने ।

जेठ १० गतेको बुद्धजयन्तीका लागि लुम्बिनी विकास कोषले बजेट अभावकै कारण मूल आयोजक समिति गठन गर्ने वाहेक अन्य तयारी गरेको छैन । कोषले २५६८ औं बुद्धजयन्तीका लागि ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी आफैमा नेपालको सम्पत्ति भएकाले यसको विश्वव्यापी प्रचारका लागि बुद्धजयन्तीलाई अवसरका रूपमा लिनुपर्नेमा त्यसो नभएकोमा अर्घाखाँचीकी बसन्ता विश्वकर्माले चिन्ता व्यक्त गरिन । विश्भर नेपाल चिनाउने बुद्ध भएकाले आउँदै गरेको बुद्धजयन्तीलाई सरकारले औपचारीक रूपमा सार्वजनिक विदा दिएर मात्रै मनाउन नहुने बताईन ।

बुद्धपूर्णिमालाई नेपाल सहित बौद्ध राष्ट्रहरू भुटान, थाईल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन् । यस्तै नेपाल सहित चीन भारत युरोप लगायतका देशहरूमा सम्मानको साथ मनाउने गरिएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल रहेकाले यहाँ बुद्धजयन्तीलाई बिशेष उत्सव र नेपालको पर्वका रूपमा मनाउनुपर्ने सारोकारवालाहरूको माग छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. ३ का वडाअध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले सरकारले बुद्धजयन्तीमा स्थानीयहरूलाई समेत जोडेर राष्ट्रिय उत्सवका रूपमा मनाउनुपर्ने बताउँछन् । उनले बुद्धजयन्तीलाई बुद्धका सन्देशहरू र दर्शन बुझ्ने र लुम्बिनीको प्रचार विश्वव्यापी बनाउने गरी मनाउनुपर्ने बताए । नेपामा तत्कालिन राजा त्रिभुवनले वि.स.२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्याता दिए पछि नेपालमा रहेको लाखौ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन् । लुम्बिनीमा वि.स. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्विनी दिवश पनि मानाउन थालेको हो ।विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघ समेत अन्तराष्ट्रिय रूपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरि सो दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरूमा बुद्धजयन्ती मनाउन बिदा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?