Butwal Today

विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक !

१८ बैशाख २०८१, मंगलवार
अ+
अ-

भैरहवा, १८ वैशाख ।

सिद्धार्थनगर नगरपालिका वडा नं. १३ मा रहेको सु–संस्कृत माध्यमिक विद्यालयका जिम्मेवार ब्यक्तिहरु नै विद्यालयको कार्यालयमै मदिरामै रमाउंदै गरेको भिडियो सार्वजनिक भएको छ ।

आइतबार राति ९ बजेतिर विद्यालयका अध्यक्ष महेन्द्र राय, शिक्षक अभिभावक संघका अध्यक्ष विनोदकुमार खराल, विद्यालय सञ्चालक समितिका सदस्य अशोक श्रेष्ठ र प्रधानाध्यापक रविन्द्र यादवसमेतले विद्यालयमै मदिराको तालमा रमाएको भिडियो सार्वजनिक भएको हो ।

शिक्षा आर्जन गर्ने पवित्र थलो मानिने विद्यालय हाताभित्रै विद्यालयका जिम्मेवार व्यक्तिहरु नै मदिराको तालमा लट्ठिएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र रायले नास्ता खान बसेको बेलामा कसैले फोटो खिचेर फसाउन खोजेको प्रतिक्रिया दिए ।