ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

अप्रत्यक्षाणि शास्त्राणि विवादस्तत्र केवलम् ।
प्रत्यक्ष ज्यौतिषं शास्त्रं यत्रार्कौ चन्द्रसाक्षिणौ।।
सौर्यमण्डलमा रहेका समस्त ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरङ्गलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने विज्ञान नै ज्योतिष हो । ज्योतिष शास्त्रलाई पूर्वीय दर्शनको सर्वाधिक पुरानो र आधारस्तम्भ वेदका ६ वटा अंगहरूमध्येको पाचौं अंग आखाका रूपमा लिइएको छ । त्यसैले कुनै पनि साधारण विन्दुबाट उदय नभई वेदबाट प्रादुर्भाव भएको अत्यन्त महत्वपूर्ण विधा ज्योतिष हो । ज्योतिषका सन्दर्भमा शास्त्रमा ‘ज्योतिषं वेदनामं चक्षु’ अर्थात् ज्योतिष वेदको आँखा हो भनिएको छ । त्यसैले वेदका अन्य विधालाई पनि दृष्टिपात गर्ने कार्य ज्योतिष विधाबाट हुने गर्छ । यसरी वेदको महत्त्वपूर्ण अङ्गका रूपमा उत्पत्ति भएको शास्त्र नै ज्योतिष शास्त्र हो । ज्योतिष शास्त्रमा मानव जीवनका विविध पक्षहरूको व्यापक चर्चा परिचर्चा समेत गरिएको छ । ज्योतिष शास्त्रका अनुसार यदि कुनै व्यक्तिको कुण्डलीमा मंगल पहिलो, चौथो, सातौँ, आठौँ र बाह्रौं घरमा छ भने त्यस व्यक्तिलाई माङ्गलिक दोषको असर परेको मानिन्छ । मंगल ग्रहको स्थितिका कारण माङ्गलिक दोष उत्पन्न हुन्छ । जसका कारण व्यक्तिको कुण्डलीमा यस्तो संयोग बन्ने गर्छ कि विवाह प्रस्तावमा मात्रै होइन दाम्पत्य जीवनमा समेत समस्या आउने गर्दछ । ज्योतिष शास्त्रमा माङ्गलिक स्थितिको व्यक्तिले माङ्गलिक स्थिति भएको मानिससँग मात्र विवाह गर्ने सल्लाह दिइएको छ। माङ्गलिक व्यक्तिले माङ्गलिक स्थिति नरहेको व्यक्तिसँग विवाह गरेमा जातकको जीवनमा दुःख र पिडा एवम् विविध समस्याहरू आउने उल्लेख गरिएको छ ।

मंगल उष्ण प्रकृतिको ग्रह हो, यसलाई पाप ग्रह पनि भनिन्छ । विवाह र वैवाहिक जीवनमा मंगलको अशुभ दोष सबैभन्दा ज्यादा देखिन्छ । मंगल दोष जसलाई माङ्गलिक नामले पनि चिनिन्छ । यसै कारणले कैयौं नारी–पुरुष आजीवन अविवाहित रहन्छन् भने धेरैको विवाहपछि सम्बन्धमा तनाव, दुर्घटना वा सम्बन्धविच्छेदसम्म हुने गरेको पनि पाइन्छ । त्यसैले यस दोषलाई गहिराईमा बुझ्न आवश्यक छ ताकि यसको डर अन्त्य गर्न सकियोस् । वैदिक ज्योतिष अनुसार कुन्डलीमा मंगल ग्रह जब लग्न, चतुर्थ, सप्तम, अष्टम तथा द्वादश भावमा स्थित हुन्छ भने यसलाई दोषपूर्ण मानिन्छ । कसैले द्वितीय भावमा कुटुम्ब भावमा भएको मंगलको उपस्थितिलाई पनि दोष मान्छन् । भनिन्छ– यी भावमा उपस्थित मंगल वैवाहिक जीवनको लागि अनिष्टकारक हुन्छ । जन्म कुण्डलीमा यी पाँच भावमा मंगलको साथमा जति धेरै क्रूर वा पाप ग्रहहरू हुन्छ, मंगल त्यति नै दोषपूर्ण हुन्छ, जस्तैः दुई पाप ग्रह भएमा दुई गुणा र चार पाप ग्रहहरू भएमा चार गुणा मंगलको पापत्वमा वृद्धि हुन्छ । मंगलको पाप प्रभाव अलग–अलग तरिकाले यी पाँच भावमा दृष्टिगत हुन्छ ।

लग्न भावमा मङ्गलको स्थिति :
लग्न भावबाट व्यक्तिको शरीर, स्वास्थ्य, व्यक्तित्वको विचार गरिन्छ । लग्न भावमा मंगल हुँदा व्यक्ति उग्र एवं क्रोधी हुन्छ, यो मंगलले हट्ठी एवं आक्रमक पनि बनाउँछ । यस भावमा उपस्थित मंगलको दृष्टि चतुर्थ सुख स्थानमा पर्ने हुदाँ गृहसुखमा कमी, सप्तम स्थान जीवन साथीको स्थानमा हुँदा पति–पत्नीमा विरोधाभास एवं दूरी बनिरहन्छ, यहाँबाट अष्टम भावमा पूर्ण दृष्टि पर्ने हुनाले जीवनसाथीको लागि संकट कारक हुन्छ ।

द्वितीय भावमा मङ्गलको स्थितिः
भाव दीपिका नामक ग्रन्थमा द्वितीय भावस्थ मंगललाई पनि मांगलिक दोषबाट पीडित भनिएको छ । यो भाव कुटुम्ब र धनको स्थान हो । यस भावमा अवस्थित मंगल परिवार र कुटुम्बहरूसँग विवाद तथा विरोध पैदा गराउँदा पति–पत्नीमा दूरी बढाउँछ । यहाँबाट मंगलको दृष्ट्रि पञ्चम, अष्टम र नवम भावमा पर्ने हुनाले सन्तान पक्षमा विपरित प्रभाव हुनुका साथै भाग्योन्नतिमा हानी हुन्छ ।

चतुर्थ भावमा मङ्गलको स्थितिः
चतुर्थ स्थानमा अवस्थित मंगलले यहाँबाट सप्तम, दशम एवं एकादश भावलाई देख्ने हुनाले यस मंगलले स्थायी सम्पति त दिन्छ । तर, गृहस्थ जीवन कष्टमय बनाई दिन्छ । मंगलको दृष्टि जीवन साथीको गृहमा पर्नाले वैचारिक मतभेद भइरहन्छ, मतभेद एवं आपसी पे्रमको अभाव हुनाले जीवन साथीको सुखमा कमी ल्याउँछ । मांगलिक दोषको कारणले पति–पत्नीमा दुरी बढाउँछ र दोष निवारण नहँुदा सम्बन्ध विच्छेद पनि गराउन सक्छ । तर, यहाँको मंगलले जीवनसाथीलाई संकटमा पार्दैन ।

सप्तम भावमा मङ्गलको स्थितिः
सप्तम भाव जीवन साथीको घर भएकोले यस भावमा बसेको मंगल वैवाहिक जीवनको लागि सर्वाधिक दोषपूर्ण मानिन्छ । यस भावस्तको मांगलिक दोष हुनाले जीवनसाथीको स्वास्थ्यमा उतार चढाव भइरहन्छ । जीवनसाथी उग्र, झगडालु तथा क्रोधी स्वभावको हुन्छ । यहाँबाट मंगलले लग्न स्थान, धन स्थान एवं कर्म स्थानमा पूर्ण दृष्टिले देख्छ । यो मंगलले आर्थिक संकट, व्यावसाय एवं रोजगारमा हानी एवं दुर्घटनाको सम्भावना बनाउँछ । यहाँको मंगलले चारित्रिक दोष उत्पन्न गराउँछ एवं विवाहत्तेर सम्बन्ध पनि बनाउँछ । सन्तान पक्षको सन्दर्भमा पनि कष्टकारी हुन्छ । यहाँको मंगलको अशुभ प्रभावको कारण पति–पत्नीबीच सम्बन्धमा पनि दूरी बढाउँछ । जसको कारण आपसी सम्बन्ध बिग्रिन्छ । कुण्डलीमा यदि यो भावमा मंगल भएर मांगलिक दोषबाट पीडितहरूले यसको उपचार तथा शान्ति विधि गर्नुपर्छ ।

अष्टम भावमा मङ्गलको स्थिति :
अष्टम स्थान दुःख, कष्ट, संकट एवं आयुको स्थान हो । यस भावमा मंगल वैवाहिक जीवनको सुखलाई खाई दिन्छ । अष्टमस्थ मंगल मानसिक पीडा एवं कष्टकारक हुन्छ । जीवनसाथीको सुखमा बाधक हुन्छ । धन भावमा यसको दृष्टि हुनाले धनको हानी तथा आर्थिक संकट हुन्छ, रोगको कारण दाम्पत्य सुखमा अभाव हुन्छ । ज्योतिष विधानको अनुसार यस भावमा बसेको अमंगलकारी मंगल शुभ ग्रहहरूको पनि शुभत्व दिनबाट रोकावट हुन्छ । यस भावको मंगल यदि वृष, कन्या, अथवा मकर राशीको भएमा यसको अशुभतामा केही कमी हुन्छ । मकर राशीको मंगल भएमा सन्तान सम्बन्धि कष्ट दिन्छ ।

द्वादश भावमा मङ्गलको स्थिति :
कुण्डलीको द्वादश भाव शैया, सुख, भोग, यात्रा, व्यय तथा मोक्षको स्थान हो । यस भावमा मंगलको उपस्थितिबाट मांगलिक दोष लाग्छ । यस भावको मांगलिक दोषको कारणले पति–पत्निको सम्बन्धमा प्रेम वा सामन्जस्यको अभाव हुन्छ । धनको कमीले पारिवारिक जीवनमा परेशानी आउँछ । यस्तो व्यक्तिमा कामको भावना प्रबल हुन्छ । यदि शुभ ग्रहहरूको प्रभाव छैन भने यस्तो व्यक्तिमा चारित्रिक दोष पनि लाग्न सक्छ । भावावेशमा आएर जीवनसाथीलाई नोक्सान पनि पु¥याउन सक्छ । जब वर र बधु दुबैको कुण्डली मिलानमा ग्रहहरूको उपर्युक्त साथमा भएमा प्रेम पनि हुन्छ र प्रेम विवाह पनि । ज्योतिष शास्त्रको अनुसार चन्द्रमा र शुक्र एक साथमा हुनु कुनै पनि व्यक्तिलाई प्रेम हुने र यदि यी दुई ग्रहको सप्तम स्थान वा सप्तमेशसँग सम्बन्ध वा दृष्टि सम्बन्ध भएमा यो प्रेम विवाहमा परिणत हुन्छ । कुनै पनि व्यक्तिको प्रेम हुनुको पछाडि ज्योतिषीय कारणहरू पनि छन् । कुण्डलीमा शुक्र र चन्द्रमाको प्रबलता भएमा कुनै पनि व्यक्तिको प्रेम सम्बन्ध स्थापना हुन स्वाभाविक हुन्छ । कुण्डलीमा पाँचौं घर प्रेमको घर पनि हो, जब पञ्चम र सप्तम घरको सम्बन्ध हुन्छ तब प्रेम विवाहमा कायापलट हुन्छ । शुक्र वा चन्द्रमाको अलावा वृष, तुला र कर्कट राशीका व्यक्तिले पनि प्रेम विवाह गर्छन् । शुक्र र चन्द्रमाले प्रेम विवाह गराउँछ भने सूर्यको उपस्थितिले सम्बन्ध विच्छेदको कारक तत्व बन्छ । सूर्य र शुक्र वा शनि आपसी सम्बन्ध जोड्नमा अलगै मुख्य भुमिका निभाउँछ । सप्तम भावको सम्बन्ध यदि सूर्यसँग भएमा प्रेमी–प्रेमिकाको सम्बन्ध लामो समयसम्म टिक्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?