ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बालविवाहविरुद्धको दिवस र अभियान

१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार

गत बर्षदेखि मधेश प्रदेश सरकारले बैशाख १७ लाई बालविवाहविरुद्धको दिवसको रूपमा मनाउने घोषणा गरे अनुसार सोमवार मधेशभरी बालबिबाहविरुद्धको दिवस औपचारिक कार्यक्रम गरि मनाईएको छ । मधेशमा बालबिबाहको समस्या गंभीर समस्याका रूपमा देखापरेको अवस्थामा यो दिवसले आम मानिसमा बालबिबाह विरुद्धको चेतनाबृद्धिमा ठूलो सहयोग पुयाउने निश्चित छ । गत बर्ष नै मधेश प्रदेश सरकारले जनकपुरधाममा दिवसकै अवसरमा दुई दिवसीय मधेश बालिका सम्मेलन गरेको थियो । यो बर्ष भने त्यसको छनक अहिलेसम्म देखिएको छैन । यो हरेक सरकारको समस्या हो । कार्यक्रम सुरु गरेपछि त्यसलाई निरन्तरता नदिने ठूलो कमजोरी हो । मधेश सरकारले यो बर्ष सामान्य कार्यक्रम गरेर बालबिबाह विरुद्धको दिवस मनाएको छ । एक हिसावले भन्दा अनौपचारिकतामै सीमित भएको छ यो दिवस । त्यसो त मधेशमा बालबिबाह ठूलो समस्याका रूपमा रहेको छ । मधेशमा मात्रै होइन बालबिबाहको समस्या केही तराई र पहाडी जिल्लामा समेत समस्याकै रूपमा देखिएको छ । बालबिबाहविरुद्धको दिवस मनाउनेक्रममा गत बर्ष नै मधेश सरकारले सन. २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना सार्वजनिक गरेको हो । मधेश प्रदेश सरकारले त्यसै अनुसार १० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत गरिसकेको छ । प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने रणनीति अनुसार सरकारले काम ग¥यो भने त्यसले एउटा राम्रो प्रतिफल दिने आशा एवं विश्वास गर्न सकिन्छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा बालविवाह विरुद्धको अभियान अघि बढाउन सवैले हातेमालो गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । मधेश प्रदेशमा यसअघिको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको थियो । प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्देश्यले संचालन गरिएको उक्त अभियानले मधेशका जनतामा चेतना बृद्धिमा सहयोग पुगेको छ । यद्यपि यो अभियानबाट चाहेको अनुरूप प्रतिफल प्राप्त हुन नसकेको भने यथार्थ हो तर अवका दिनमा यो अभियानलाई पनि सफल बनाउन सक्ने हो भने मधेशमा चेलीबेटीप्रति गरिने दुव्र्यवहारका घटना नियन्त्रण गर्न सहयोग पुग्नेछ विश्वास गर्न सकिन्छ ।

निश्चितरूपमा बालबिबाहको सवैभन्दा ठूलो समस्या मधेशमा छ । मधेशमा यो मात्रै होइन दाईजो प्रथाले पनि ठूलो जरा गाडेको छ । बालबिबाहको समस्या चेतना नभएकै कारण अति पिछडिएको क्षेत्रमा छ । जहाँ राज्यको पहुँच त्यति पुग्दैन । घर गृहस्थी चलाउने नाममा उमेर नपुगी विवाह गरिदिने समस्या भयावह नै छ । विहेबारी २० बर्ष पारी भन्ने अभियान सञ्चालन गरिएपनि त्यसको पहुँच अझै पिछडिएको बस्तीसम्म पुगेको छैन । मधेश प्रदेशमा अहिले बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दलित शिक्षा अभियान संचालन गरिएको छ । प्रदेशमा बालिकालाई सशक्त बनाउने अभियानलाई यसले बल पु¥याउने निश्चित छ । प्रदेश सरकारले पूर्ण सुरक्षित मातृत्व प्रदेश, कुपोषण मुक्त प्रदेश बनाउने लक्ष्य लिएर अघि बढेको छ । यसले मधेश प्रदेशको सर्वाङ्गिण उत्थानमा बल पुग्ने निश्चित छ । चेलीबेटीलाई पहिले साक्षर बनाएर प्रदेशलाई बालविवाह मुक्त बनाउन सकियो भने निश्चितरूपमा त्यसको प्रत्यक्ष प्रभाव अरू प्रदेशमा पनि पर्नेछ । साक्षरताले मात्रै बालबिबाहबिरुद्धको सामाजिक विकृति रोक्न सकिने भएकोले त्यसतर्फ अरू प्रदेशले पनि पहल लिनुपर्ने खाँचो छ । बालविवाह मुक्त प्रदेश बनाउनका लागि बालबिबाहका मतियारहरूलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गरिनु हुँदैन । मधेशमा बालबिबाहविरुद्धको दिवस मनाउँदै गर्दा यसको सकारात्मक सन्देश अरू प्रदेशमा पनि प्रवाह गर्नु आवश्यक छ । यो समस्या कुनै एक प्रदेशको भन्दा पनि आम समस्या भएकोले यसविरुद्धको अभियानलाई देशव्यापी बनाउनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?