Butwal Today

टस हारेपछि नेपालले फिल्डिङ गर्दै

१६ बैशाख २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

वेस्ट इण्डिजविरुद्धको दोस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले पाँच खेलाडी परिवर्तन गरेका छन्।

अघिल्लो खेलमा टोलीम रहेका प्रतिश जिसी, अविनास बोहोरा, विवेक यादव, कमल सिंह ऐरि र ललित राजवंशी आजको खेलमा बेन्चमा छन्।

उनीहरुको स्थानमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल सुरुवाती ११ मा अटाएका छन्।

वेष्ट इण्डिजले भने आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ।

नेपालको सुरुवाती-११
लोकेश बहादुर वम, अनिल कुमार शाह, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरि, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द, कुशल भुर्तेल