ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’

रूपन्देहीको मणिग्र्राम मडवारीमा २ विघा क्षेत्रफल बार्षिक १ लाख भाडा तिर्ने गरी भाडामा कृषि फार्म छ । जसबाट उनले व्यवसायिक कृषकको रूपमा पहिचान स्थापना गर्ने अभियानमा लागेका छन् । अहिले उनको फार्ममा हरियो मकैको साथै काँक्रा, टमाटर, करेला, भिण्डी, घिरौला लगायतका तरकारी बिक्री भइरहेको छ ।
१६ बैशाख २०८१, आइतबार
१६ बैशाख २०८१, आइतबार

बुटवल, १६ बैशाख । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मण्डवारीका कृष्ण प्रसाद भण्डारी उमेरले १६ बर्ष लाग्दा घरबाट भागेर भारत गए । त्यहाँ उनले ५ देखि ६ बर्ष बिताएपछि पुनः भारतबाट नै दुबई गए । दुबईमा उनले ५ बर्ष समय बिताएपछि त्यहाँबाट पुनः जापान गए ।
जापानमा समेत उनले ७ बर्ष बिताएपछि पुनः नेपाल आए । नेपालमा आएपछि निर्माण व्यवसायीको काम गर्दै आएका उनले कृषि मोह भने मरेको थिएन । विदेशी भूमिमा करिब १८ बर्ष भन्दा बढि भोगेका उनले स्वदेशमा आएपछि निर्माण व्यवसायीको काम सुरुवात गरेका थिए । उक्त पेशमा राम्रै आम्दानी भएपनि उनमा कृषि मोह भने घटेको थिएन । उनले मणिग्र्राम मडवारीमा २ विघा क्षेत्रफल बार्षिक १ लाख भाडा तिर्ने गरी भाडामा लिए । जसबाट उनले व्यवसायिक कृषकको रूपमा पहिचान स्थापना गर्ने अभियानमा लागेका छन् ।

अहिले उनको फार्ममा हरियो मकै दैनिक बिक्री भैरहेको छ, काँक्रा, टमाटर, करेला, भिण्डी, घिरौला लगायतका तरकारी दैनिक जसो बिक्री हुँदै आएका छन् । प्रस्तावित गजवाहन कृषि फार्म नाम राख्ने योजना बनाएका उनले फार्म सुरुवात गरेको २ बर्ष भयो । तर फार्म दर्ता भने गरेका छैनन । फाममा उत्पादन भएका सम्पूर्ण खाद्यान्न तथा तरकारी उनले फार्म बाहिर नै स्टल लगाएर बिक्री गर्दै आएका छन् । उत्पादन भएका खाद्यान्न तथा तरकारी उनले अन्य व्यवसायी खोजेर बिक्री गर्नुपर्दैन । उनी भन्छन्–‘होलसेल व्यापारी खोज्न परेको छैन, सबै यहिँबाट नै ताजा उपभोक्ताले खोजेर किनेर लैजानुहुन्छ ।’

आफ्नै आँगनमा फलेको ताजा तरकारी बजार मूल्य भन्दा बराबरकै कहिले कम मूल्यमा पाउँदा उपभोक्ताहरूले पनि मन पराएको उनको भनाइ छ । हालसम्म फार्ममा ८ लाख मात्रै लगानी गरेका भण्डारीले भंैसी समेत पाल्दै आएका छन् । फार्ममा अहिले २ वटा मात्रै भैसी छन् । यसलाई बिस्तार गरी आगामी दिनमा अझ बढि बनाउने योजना उनको रहेको छ ।

भाडामा लिएको जग्गामा बार्षिक रूपमा खाद्यान्न, धान, गहुँ, मकै उत्पादन गर्दै आएकोमा यसलाई अझ बढि विस्तार गरी खाद्यान्न बाली कम तरकारी बालीलाई विस्तार गरिएको फार्म सञ्चालक भण्डारीको भनाइ छ । २ विघा क्षेत्रफलमा अहिले खाद्यान्न बाली तर्फ मकै तरकारी तर्फ भिण्डी, लौका, काँक्रा, बन्दा, टमाटर, घिरौला लगायतका तरकारी उत्पादन भैरहेका हुन उनले यी उत्पादित बस्तुलाई बजारीकण गर्न नै पर्दैन, टोल छिमेकका सबै मानिसहरू आएर किनेर लैजाने गरेका हुन ।

उनको फार्मबाट अहिले दैनि १० हजार देखि १५ हजार रूपैयाँ बराबरको बिक्री हुँदै आएको छ । सोही अनुपमतमा एक महिनामा ३ देखि ४ लाख आम्दानी हुने गरेको उनको भनाइ छ । उनी भन्छन्–‘बजार खोज्न कहि जानुपरेन, यहि नै आएर लैजानु हुन्छ, ताजा, सफा र अर्गानिक उत्पादन भएको कारण सबैले मन पराउने परेको छ ।’

निर्माण व्यवसायी समेत रहेका उनले ५५ जना लाई रोजगारी दिएका छन् । सोही निर्माणको काम नभएको बेला र अन्य काम नभएका बेला यहि निर्माण व्यवसायीहरूबाट नै उनले कृषि फार्मममा काम गराउँदै आएका छन् । फार्मममा आवश्यकता अनुसार कम्तीमा १ जना देखि बढिमा ५५ जनालाई सम्म रोजगार दिएको उनको भनाई रहेको छ ।

स्थानीय निकाय, जिल्ला स्थिति कृषि कार्यालयहरू र प्रदेशबाट समेत कुनै पनि किसीमको सहयोग वा अनुदान नलिएको बताउँने उनले औपचारिकता भन्दा पनि उत्पादनमा जोड दिनुपर्ने बताउँछन् । उपभोक्ताको आवश्यकता अनुसार कृषि जन्य बस्तुको उत्पादन गर्न सकेमा यसयबाट राम्रो आम्दानी हुने र आयात प्रतिस्थापन गर्न सकिने उनको तर्क रहेको छ । प्राविधिक सेवा सल्लाह उनले एग्रोभेट सञ्चालक र अन्य कृषि तथा पशु प्राविधिकबाट लिदै आएका छन् । हिउँदको समयमा तरकारी उत्पादन सहज भएपनि बर्खाको बेला केही अफ्ठारो हुने गरेको बताउँदै उनले यसको लागि माटो उठाएर टनेल निर्माण गरी व्यवसायिक तरकारी खेती गर्ने योजना समेत बनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?