Butwal Today

धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज

१६ बैशाख २०८१, आइतबार
अ+
अ-

बुटवल, १६ बैशाख । धादिङ जिल्लाका आधा दर्जन पालिकाका बासिन्दाहरुलाई यातायात संजालमा जोड्ने गरि किम्ताङ खोलामा नेपाली सेनाले बेलिबृज निमार्ण गरेको छ । धादिङ जिल्लाको खनियाबास र नेत्रावती दवजोङ गाउपालिकाको सिमानामा रहेको किम्ताङ खोलामा बेलिबृज निमार्णसंगै वर्षायाममा कठिनाई भोगेका सो क्षेत्रका स्थानियहरु अब भने सहज यातायात सेवामा जोडिने भएका छन । पुल निमार्णपछि सो क्षेत्रका करीब ६० हजार स्थानिय लाभान्वित हुने छन ।

एक समारोहका बिच आईतबार प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माले पुलको उद्घाटन गरेका हुन । वर्षायाममा धादिङ जिल्लाको उत्तर क्षेत्रका रुबी भ्याली, गंगा जमुना, खनियाबास र नेत्रावती दवजोङ गाउपालिकाहरुका बासिन्दाहरुलाई आवतजावतमा कठिनाई भोग्दै आएका थिए । नेपाली सेनाले नुवाकोटस्थित त्रिशुली हाईड्रोपावरद्धारा निर्मित र हाल प्रयोग बिहिन रहेको सो बेलिवृजलाई उक्त स्थानमा जडान गरेको हो । नवनिर्मित बेलीवृजको लम्बाई ४२.६७ र चौडाई ४.२ मिटर तथा ३० टन अधिकतम भार बहन क्षमताको रहेको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बुद्धिमान तामाङ, बिना लामा, प्रदेश सभा सदस्य डम्बर बहादुर तामाङ, गोबिन्द बहादुर लम्साल, पूर्वराज्यमन्त्री दिलमान पाख्रिन लगायतले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरि सधै काम गर्ने प्रतिवद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?