ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

बाबु–छोराको ‘टेनिस टेक्निक’

ज्ञवाली न्यु होराईजन कक्षा ६ मा अध्ययरत उनि काठमाण्डौ भर्खर सम्पन्न छनौट खेलमा विजेता बन्दै आईटिएफ साउथ एशिया यु—१२ टेनिस प्रतियोगितामा भाग लिँदैछन ।
१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

बुटवल, १५ बैशाख । बुटवलका निश्चल ज्ञवाली अहिले ११ वर्षका भए । जुनियर लनटेनिस खेलमा उनी अहिले बुटवलबाट उदाउँदो खेलाडी हुन । ६ वर्षको उमेरमा ज्ञवालीले लनटेनिस शुरु गरेका हुन । उमेर र शारीरिक बनावटमा कमजोर उनलाई टेनिसको ¥याकेट उचाल्दै धौ हुन्थ्यो । देब्रे हातेबाट ¥याकेट चलाउने उनको बलियो पक्ष हो । अभ्यासकै कारण अहिले उनले सफलता हात पारेका छन ।

करीब पाच वर्ष लामो खेल खेलेका उनि अहिले बुटवलबाट जुनियर लेभलमा राष्ट्रिय पहिचान बनाएका छन । ‘परिणाम देखिएको छ ।’— बुबा गोपाल ज्ञवाली भन्छन । स्थानिय प्रतियोगितामात्र नभई राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी अहिले लनटेनिसमा छलाङ मारेका छन । उनि आन्तरिक प्रतियोगितामा सधै उत्कृष्ट भए । साथै राष्ट्रिय प्रतियोेगितामा सधैजसो प्रथम भए । उनी जुनियर लनटेनिसमा राष्ट्रिय रेकिङमा छन । भर्खरमात्र पोखरामा जारी तेस्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस यू–१० व्वाइज सिंगल्सतर्फ उनले स्वर्ण हात पारेका छन ।

यसअघिका धेरै प्रतियोगितामा उनि पुरस्कार जितेका छन । ज्ञवाली न्यु होराईजन कक्षा ६ मा अध्ययरत उनि काठमाण्डौ भर्खर सम्पन्न छनौट खेलमा विजेता बन्दै आईटिएफ साउथ एशिया यु—१२ टेनिस प्रतियोगितामा भाग लिँदैछन । अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका ३ जनामध्ये बुटवलका २ र काठमाडौका १ जना छनौट भएका हुन । जसमा बुटवलका शाहनवाज आलम र काठमाण्डौका विश्वविशेष डल्लाकोटी रहेका छन । उनिहरूले साउथ एशियन देशहरू भारत, नेपाल, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका खेलाडीहरूसंग प्रतिस्पर्धा गर्ने छन । यो प्रतियोगितामा उत्कृष्ट भएको अवस्थामा अर्को महिना काजकिस्तानमा हुने प्रतियोगितामा भाग लिन पाउनेछन । बुटवलबाट यसअघि पनि लन टेनिसका खेलाडीहरू उत्पादन गर्न सफल भएको छ ।

बाबु—छोरा टेनिस खेलाडी

रूपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल प्रसाद ज्ञवाली सबेरै मैदानमा पुग्छन । आफनो कामबाट समय निकालेर उनि नियमित बिहान लनटेनिस खेल्छन । बुटवलमा लनटेनिस खेलको विकास र खेलाडी उत्पादनमा समेत उनि निरन्तर लागेका छन । देविनगरस्थित लनटेनिस कोर्ट ब्यवस्थित गर्दै विभिन्न उमेर समुहका खेलाडीहरूलाई दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिईदै आएको उनले बताए । अभ्यासकै कारण अहिले बुटवलका जुनियर खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको उनि बताउछन । भेट्रान्स खेलाडीहरू बिहान खेल्ने र साझको समयमा जुनियर खेलाडीहरूलाई अभ्यास गराउदै आएको छ । युरिक एसिडको समस्या देखिएका उनि नियमित खेलबाट फाईदा मिलेको बताउछन । एकआपसमा भाईचारा बिकास गर्ने र अवसर धेरै रहेको खेल भएको हुदा यसलाई रोजेको उनि बताउछन । आफुसंगै उनले आफनो छोरालाई पनि खेलमा आवद्ध गराए । विद्यालयसमय सकिएपछि छोरा निश्चल साथीहरू कोर्टमा पुग्छन । प्रशिक्षकबाट नया नया टेक्निक सिक्दै आएका छन ।

यता बुटवलमा ब्यापार गर्दै आएका सब्बर मिया पनि लन टेनिस खेल्छन । उनि जिल्ला लनटेनिसका सचिव हुन । बिहानको थोरै समय निकालेर खेल खेल्दा स्वास्थ्यलाई फाईदा मिलेको उनि बताउछन । दिनभरी काममा ब्यस्त हुने हुदा पनि केही समय निकालेर खेल खेल्दै आएको उनी बताउँछन । सबै उमेरलाई शारीरिक ब्यायाम जरुरी रहने उनको दाबी छ । आफुसंगै छोरा शाहनवाज आलमलाई पनि उनि लनटेनिस खेलाउँछन । करीब ४ वर्षदेखि खेल्दै आएका छोरा अहिले राष्ट्रियस्तरमा जुनियर खेलाडीको पहिचान बनाउँदा उनी खुशी छन ।

लुम्बिनी प्रदेश लनटेनिस संघका अध्यक्ष सन्जय श्रेष्ठ आफू पनि राष्ट्रिय खेलाडी हुन । क्रिकेट खेलका राम्रो खेलाडी उनी अहिले पनि जिल्ला लिग खेल्छन । पछिल्लो एक दशकदेखि भने उनी लन टेनिसमा बढी समय दिएका छन । ‘लनटेनिसमा दैनिक पाच घण्टा बित्छ ।’—उनले भने । पेशाले आईटी क्षेत्रका उनि खेलमा पनि उत्तिकै रुचि छन । पाच वर्षका सानो छोरा अनमोल श्रेष्ठलाई पनि उनीसंगै लनटेनिस खेलाउँछन । फुटबल प्रति रुचि राख्ने छोरालाई उनि अहिले टेनिसमा आवद्ध गराएका छन । खेलप्रति बच्चाहरूलाई रुचि जगाउँदै खेलाडी बनाउने गरि अभियान जरुरी रहेको उनी बताउँछन । अधिकांस संघका पदाधिकारीहरू आफना छोराछोरीहरूलाई खेलमा आवद्ध गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?